कोइरालाले मागे खिलराजको राजीनामा
१० जेठ, इलाम । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो-”रेग्मीका कारणले चुनावी वातावरण बिथोलिएको देखिएको छ । त्यसैले रेग्मीले प्रधानन्यायाधीशबाट तत्काल राजीनामा दिएर सबै दललाई निर्वाचनमा ल्याउने वातावरण बनाइ दिनुपर्छ ।”
गत फागुन अन्तिममा काँग्रेससहित चार दलीय सहमतिअनुसार गठन भएको वर्तमान सरकारका क्रियाकलापप्रति असन्तुष्ट देखिएका कोइरालाले संविधानसभा निर्वाचनको वातावरणका लागि सबै दल निर्वाचनमा भाग लिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो- “माओवादीसहित सबै दलले चुनाव बहिष्कार गर्न चाहेका छैनन् तर, उनीहरूले न्यायपालिका र कार्यपालिकामा रहेका खिलराज रेग्मीलाई बाधक ठानेका छन्, यसैले पनि रेग्मीले निकास दिनका लागि बाटो खुला गरिदिनुपर्छ ।