यार्सागुम्बा टिप्न गएका ७ हिमपहिरोमा परे


४ जेठ, काठमाडौं । बझाङको काँडा गाविसको राईढुंगी लेकमा हिउँ पहिरोमा परी ७ जना वेपत्ता भएका छन् । यार्सागुम्बा टिप्न साइपाल हिमाल नजिकैको लेकमा गएका उनीहरु वेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आइनसकेपनि यार्सागुम्बा टिप्न काठमाडौंबाट गएको ९ जनाको टोलीमध्ये २ जना जोगिएको र ७ जना हिम पहिरोमा परेको खबर आएको बझाङ्गका प्रहरी नायव उपरिक्षक उदयराज तामाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय राजमल बोहराले खबर गरेपछि प्रहरी घटनास्थलतर्फ गएको छ । घटनास्थ्ाल पुग्न २ दिन लाग्ने भएकाले थप विवरण आउने समय लाग्ने डिएसपी तामाङ्गले बताउनुभयो ।

news and entertainment