अपहरण गरि बालिकाको बलात्कार
४ जेठ, डडेलधुरा । डडेलधुरामा १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् अपहरण गरि बालिकालाई बलात्कार गरेको आरोपमा आलीताल-४ भगिरथ बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
उजुरीपछि पछि गएको प्रहरी टोलीले बोहरालाई उनकै नातेदारको घरबाट बालिकासहित पक्राउ गरिएको पहरीले जनाएको छ । पीडित बालिकाको अहिले स्वास्थ्य परीक्षण भइरहेको छ । बालिका अचेत अवस्थामा छिन् भने घटनाको अनुसन्धान भइरहको छ ।
