क्यामरासँग डराउँदै रेग्मीले भने-एकलव्य भएर लाग्छु


९ जेठ, काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनावको विकल्प नभएको भन्दै एकलव्य भएर लाग्ने बताउनु भएको छ । बिहीबार सिहदरवारस्थित आफ्नै कार्यालयमा रिपोटर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै रेग्मीले भन्नुभयो-’निर्वाचनसम्वन्धी कानूनमा सहमति जुटाउन दलहरुसँग वार्ता गरिरहेको छु । चुनावको विकल्प छैन । सबै एकलव्य भएर चुनावमा लाग्नुपर्छ ।’
रेग्मीले संविधानसभाको निर्वाचनलाई स्वतन्त्र, धाँधलिरहित र निष्पक्ष बनाउने विषयमा आफूले कसैसाग कम्परमाईज नगर्ने बताउनु भयो । त्यसअघि रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले कार्यक्रमको भिडियो नखिच्न आग्रह गरेका थिए । तर, क्यामरापर्सनहरु समेत देखेपछि रेग्मी ज्ञानप पत्र बुझेर केही मिनेटमा नै जानु भएको थियो ।
चुनावको मिति घोषणा लगायतका माग राख्दै रिपोटर्स क्लब नेपालको एमाओवादी, कांग्रेस, एमाले लगायतका दलका शीर्ष नेताहरुलाई समेत ज्ञापन पत्र बुझाउने बताइएको छ ।

news and entertainment