चुनावी अवरोध हटाउन दलहरुलाई आग्रह: महासचिव वान कि मुन

११ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले निर्वाचनका लागि देखिएको अवरोध हटाउन नेपालका राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ । महासचिव वानका प्रवक्ताद्धारा शुक्रबार राति जारी विज्ञप्तिमा ११ बुँदे राजनीतिक सहमतिमा भनिएको समयसीमा भित्रै निर्वाचन हुने पर्नेमा जोड दिइएको छ ।
महासचिव वानले नेपालमा भइरहेको गतिविधिलाई सुक्ष्म रुपमा नियालीरहेको भन्दै विज्ञप्तिमा चुनाव गर्ने कामलाई तिव्रता दिन आग्रह गरिएको छ । राष्ट्रसंघका महासचिव वानले शान्ति प्रक्रियामा सघाउन नेपालसँगै रहेर काम गर्ने प्रतिवद्धता समेत जनाउनु भएको विज्ञप्तिमा उल्लेख छ ।

news and entertainment