खुट्टा र पेटमा २६ केजी चरेश: ५ जना पक्राउ

काठमाडौ, जेष्ठ ११ - शनिवार विहान प्रहरीले चितवनको पुल्चोकस्थित सौगात गेष्ट हाउसबाट ठूलो परिमाणमा चरेस सहित ५ जनालाई पक्राउ गरेको छ । नारायणगढस्थित वडा प्रहरी कार्यालका असई शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीलले विशेष सुराकीका आधारमा २६ केजी चरेश सहित ३ महिला र २ पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा सिजा ६ का ४५ बषर्ीया सुमेन खातुन, सोही गाविसका टेकमोज हित, वीरगन्ज १३ बस्ने ४५ बषर्ीय शिवशंकर दास, सोही ठाउा बस्ने ४० बषर्ीया शिला दास, बारा जितपुर ४ बस्ने ३५ बषर्ीया सुनेना खातुन छन् ।
महिलाकाको खुट्टा र पेटमा राखिएको अबस्थामा प्रहरीले चरेश बरामद गरेको हो । सबैलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरीका प्रमुख दीपककुमार थापाले बताए ।

news and entertainment