नेपाली बास्केटबल टोली बैंकक जाने
विकासशाहीको नेतृत्वमा जाने महिला टोलीमा स्नेहा श्रेष्ठ,अनुशा मल्ल,श्रया खड्का र छोकी डोल्मा तामाङ रहेका छन् भने पुरुषतर्फ डिल्लीकुमार लिम्वु,कृष्णमान महर्जन,विनेश न्यौपाने र सोनम थेन्दु शेर्पा छन् । मे २२-२४ सम्म हुने प्रतियोगितामा जानेे नेपाली टोलीको बिदाई आईतवार राखेप सदस्य-सचिव युवराज लामा र कोषाध्यक्ष इन्द्रकुमार थिङले गर्नु भयो ।
टोलीमा नेपालबाट पहिलो पटक रेफि्रको भुमिकामा फिवा रेफि्र राजकुमार महर्जनले पनि नेपालको उपस्थिति जनाउने छन् । बिदाईका अवसरमा संघका अध्यक्ष लामा टेण्डी शेर्पा,बरिष्ठ उपाध्यक्ष नरेन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।
