साढे ३ करोडमा बिक्यो परेवा
निकै तिब्र वेगमा उड्ने बेल्जियमको एक परेवा झण्डै साढे ३ करोड रुपैयाँमा बिक्रि भएको छ । निकै तिब्र वेगमा उड्ने भएकाले यो परेवाको नाम तिब्र गतिका धावक उसैन बोल्टको रुपमा बोल्ट राखिएको थियो ।
बोल्टको लिलामी एक पिजन प्याराडाइज नामक इन्टरनेट साइट मार्फत अनलाइन लिलामी भएको हो । यो परेवाका मालिक लियो हेरमन्सले परेवासँगै ५३० वटा हृयुमिङ वर्डको बथान पनि ५६ लाख डलरमा बेचेका छन् ।