उर्मिला अर्याललाई ओलीको प्रश्न-जति खाँदा पनि पुगेन ?
४ जेठ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले उर्मिला अर्यालको एमाओवादी प्रवेशलाई हरियो रुखबाट एक-दुई पहँलो पात खसेको संज्ञा दिनु भएको छ ।
एमाले परित्याग गर्नेहरुलाई रुखबाट खसेको पहेँलो पात भन्दै उहाँले भन्नुभयो-’यस्ता पातहरुलाई लिएर प्रचण्ड एमाले सिध्यो भन्दै हिड्छन् ।’ कपनबाट ३ जनाले एमाले परित्याग गर्दा ३ सय १२ जना एमाले प्रवेश गरेको भन्दै नेता ओलीले कहाँ एमाले सकियो भनि प्रश्न गर्नुभयो ।
एमाओवादीले महान जनमुक्ति सेना, प्रचण्डपथ सबै छाडिसकेको भन्दै उहाँले भन्नुभयो-’आकासबाट झरिसकेको छ । तर कहाँ खस्छ थाहा छैन ।’
