मदन भण्डारी अस्ताइदिँदा !


महेन्द्र पौडेल
दुर्घटना अनिश्चित हुन्छ भने घटना सुनियोजित हुन्छ देशमा कसैको दुर्घटना कसैको लागि सुनियोजित हुन पुग्नु करिव १७ हजार नेपालीको मात्र दुर्भाग्य नभएर सिगों नेपालको दुर्भाग्य हो । यस घडिमा मदन र आश्रीतलाई सम्झने सिवाए केही छैन । एकदशक भन्दा वढी वालमस्तिष्कदेखि वयस्कसम्म सुन्दै भोग्दै देख्दै आएको उनीहरुको शालिक अगाडी फेरि पनि नेताले हत्यारा पत्ता लगाउने दरो कसम खानेछन् र पुनः एकपल्ट सम्झनेछन् । mahendra-paudelहरेक वर्षझै यो क्रम दोहोरिरह्यो । उनका समकालिन बर्तमान राजनीतिमा छन् र लाजमर्दोस्थिति छ किनकी महान नेताहरुको हत्यारा को ? र किन? पत्ता लगाउन सकिएको छैन । आज सवत्र प्रश्न खडा छ कमरेड मदन वाँचेको भए, प्रचण्ड कहाँ पुग्थे होला ? भण्डारीको वहुदलिय जनवाद र प्रचण्डको वहुदलिय प्रतिस्पर्धा आखिर सार एउटै हुन् तर त्यसलाई व्याख्या गर्न परिवर्तन गर्न एमाले चुक्यो माक्स भन्थे ‘माक्र्सवाद परिवर्तनशील हुन्छ समयसापेक्ष अनुसार गर्नुपर्दछ, माक्र्सवाद विज्ञान हो’ । त्यसैले विज्ञानमा शंका र प्रयोग हुन्छ भने शास्त्रमा विश्वास हुन्छ शंका हुँदैन । अहिले केहीले माक्र्सवादलाई नै शास्त्र मानेर हिडेका छन् जुन रेड अफिम हो ।
मदन आश्रीतको देहान्तपछि देशमा यी चार नाममा सिमित यी चार प्रकृतिलाई वुझ्यो भने माओवादीलाई वुझ्न सकिन्छ । लाले, लल्लु, लालवहादुर र लल्लन । माओवादीले युगौंदेखि दबिएका ‘लाले’हरुलाई बन्दुक भिराएर ‘लल्लु’ बनायो जब सत्तामा पुग्यो ‘लल्लु’ हरुलाई ‘लाल बहादुर’ बनाइदियो । अब सत्ताबाट निक्लेपछि ‘लालबहादुर’ हरुलाई ‘लल्लन’ बनाउने तर्फ अगाडी बढेको छ।’लल्लन शब्द भारतीय हरुले नेपालीलाइृ बोलउने शब्द हो । प्रसंग हो मदन आश्रीत हत्या हो वा दुर्घटना विषयमा ०७० साल जेष्ठ ३ गतेसम्म आइपुग्दा कमरेड मदनको हत्या भएको करिव २० वर्ष पुगीसक्छ । बहुदलीय सिद्धान्तका सिद्धान्तकारको अन्त्यले नेपालको राजनीतिक मोड नै परिवर्तन भयो भन्नेहरु पनि छन् । २०५० साल जेष्ठ ३ गते तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु थियो । ०७० साल जेठ ३ गतेसम्म आइपुग्दा उहाँहरुको मृत्युले २० वर्ष पारगरिसकेको छ ।
बहुदलीय जनवाद सिद्धान्तका प्रतिपादक स्वर्गीय मदन भण्डारीको उदय खासगरी ०४९ साल माघ १४ देखि २० चलेको काठमाडौंको पाँचौं राष्ट्रिय अधिवेशनले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई अगिंकार गरेबाट भएको हो । लामो कम्युनिष्ट इतिहासवाट निष्कर्ष निकाल्दै अघि सारिएको उनको सिद्धान्त जिवितै भएपनि उनी र उनका सहयोगीको मृत्यु एउटा रहस्यमय इतिहास बनेको छ । यो दुर्घटना मात्र थियो वा सुनियोजित षडयन्त्र भित्रको हत्या गर्भकै विषय बनको छ । त्यसोत विश्वका केही राजनेताहरु जस्तै २९ औं अमेरिकी राष्ट्रपति वारेन जी हार्डिङको होस वा भारतीय राजनेता राजीव गान्धीको हत्याको पर्दाफास आजसम्म हुन सकेको छैन । ती अपवाद र पृष्ठभूमि भन्दा पृथक रहेको यो घटना यउटा दुर्घटना भएपनि एमालेले अझैंपनि दासढुंगा हत्याकाण्ड भन्न चुकेको छैन यदि हत्या नै थियो भने नेपाली जनतासामु त्यो हत्याकाण्डको पर्दाफास गर्न नसक्नुमा एमाले दोषि देखिन्छ ।
साम्राज्यवाद र विस्तारवादको विरुद्ध वारम्वार खनिने कम्युनिष्टहरुको आदर्शमा आफ्नै लोकप्रिय नेताको हत्या हुनुमा पर्दापछाडि कसको हात थियो भन्नेमा आजसम्म मौन हुनुले त्यसबेलाको परिस्थितिको मुल्यांकन गर्नुपर्ने बेला आएको छ । सन् १९९३ अर्थात वि.स. २०४९ सालमा कलकत्तामा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा मदन भण्डारीद्वारा प्रस्तुत कार्यपत्रमा साम्राज्यवादी देश र पूँजीवादी देशले विश्वमा आफ्नो आधिपत्य कायम गर्न अपनाइरहेको तथ्यप्रति खुला विरोध प्रकट गरेका थिए । ती देशहरुको विरोध गर्दै पुँजीवादीहरु तिव्र रुपमा उदय भएको सार खोलेका थिए । वजार अर्थतन्त्रका नाममा कडा शर्तहरु अघि सार्न सक्ने तथ्य तर्फ उनको इंगित बहुराष्ट्रिय नाममा विदेशीहरु नयाँ नियम नयाँ संश्रय कायम गर्न खोजिरहेका छन् भन्ने तर्क उनले गरेका थिए । भण्डारी भन्छन् ‘माक्र्सवाद विश्वमा असफल भएको होइन बरु सोभियत नमुना मात्र असफल भएको हो त्यसैले पुँजीवादी मुलुकका केही गुणहरुलाई समायोजन गर्नुपर्ने तर्क उनको थियो । चीनको नीतिलाई सही वताउँदै चीनले खुल्ला अर्थ वजार नीति लियो जुन १९७९ देखि लागु गर्यो । यस विषयमा पुँजीवादीको केही गुणहरु रहेको उनको कार्यपत्रको पृष्ठ ८ र ९ मा देख्न पाइन्छ । त्यस सम्मेलनवाट झनैं चर्चित हुन पुगेका भण्डारीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित मात्र बनाएन उनी विदेशी सामु सेलिबे्रटि नै बन्न पुगे । त्यसबेलाका प्रसिद्ध टाइम्स पत्रिकामा त झन कार्लमाक्स अझैं नेपालमा जिवित छन् भनेर उनले दक्षिण एसियामा कम्युनिष्टको शक्ति र उदयको पर्दाफास नै गरे ।
अव प्रश्न उठ्न सक्छ के यो हत्याकाण्ड षडयन्त्र होलात ? किनकी यसमा अवश्य नै षडयन्त्रको गन्ध हुनसक्छ भन्ने एउटा शंका झन व्यापक हुन पुग्यो जव एकमात्र साक्षीका रुपमा रहेका त्यसबेलाका उनका ड्राइभर अमरलामाको हत्या कीर्तिपुरमा २०६० साल श्रावण ११ गते दिउँसो करिव ५ वजे हुनपुग्यो । काठमाडौंको वागवजारस्थित जयनेपाल साँस्कृतिक केन्द्र खोलेर बसेका लामाको अफिसमाथि माओवादी पीडित संघको कार्यालय थियो, त्यसबेलाका माओवादी पीडित संघका अध्यक्ष गणेश चिलुवाल र यो पंक्तिकार संयोजकमा स्मारिका प्रकाशन गर्ने क्रममा लामासँग धेरैपल्ट अन्तरंग अनौपचारिक छलफल हुन्थ्यो । तर दुर्भाग्य दुवैजनाको हत्या हुन पुग्यो । अन्तत लामा हत्याकाण्डवाट सेलाउन पुग्यो दासढुंगा हत्याकाण्ड अनि झन रहस्यमय हुनपुग्यो । यसरी दासढुंगा काण्डवारे यावत प्रश्न खडा हुन्छ । कम्युनिष्ट नेताहरुको हत्याकाण्डको उदाहरण दिनुपर्दा विश्व इतिहासलाई हेर्दा ‘स्टालिनको हत्या गर्ने षडयन्त्रमा उनकै छोरी लागेकी थिइन’ र फिडेल क्यास्त्रोको हत्यागर्ने षडयन्त्रमा उनकै बहिनी सक्रिय थिइन भन्ने कुरा त्यसबेलाका सार्वजनिक भएका थिए । यसो भन्दा दासढुंगा काण्डका पछाडि संगठन वा सहयोगीको भूमिका त थिएन भन्ने प्रश्न कदापि होइन, प्रश्न त्यो हो त्यसपछिका गतिविधिमा संगठनको भूमिका साघुँरिएको होकि भन्ने हो । किनभने त्यसबेलाको अनेकौं परिस्थितिजन्य घटना र भिसेरा रिपोर्टले हत्याको संकेत गर्दछ भन्ने कुरा तत्कालिन एमालेका धेरै नेता र लेखकहरुले प्रष्टाइदिएका थिए । यदि हत्या नै थियो भने अनिल आयोगको विरुद्ध एमालेले ठुलै आन्दोलन चर्काएको कुरा हाम्रा सामु छर्लङ्गै छ जुन आन्दोलनमा करिव १५ जना नेपालीले ज्यान गुमाउन पुगेका थिए । तथापी एमालेले यस काण्डलाई भ¥याङ्ग बनाउन समेत पछि परेन वारम्वार सरकारका पुगेर पनि एमाले मौन रह्यो । एमालेमा धेरै गृह मन्त्री भए स्वयं उहाँकी धर्मपत्नी विद्याभण्डारी दासढुंगा पुगेर हत्यारालाई पत्ता लगाउन प्रतिज्ञा गरेको सर्वविदितै । र उनी रक्षामन्त्री समेत हुन पुगिन् तर वास्तविकता सार्वजनिक हुन सकेन ।
भण्डारी एमालेका मात्र नभएर नेपाली जनताका जनप्रिय नेता थिए । सारमा उनको राजनीतिक सेरोफेरो देश र जनताप्रति नै केन्द्रीत थियो । उनको मृत्युले स्तब्ध नेपाली जनता र त्यसबेलाको क्षणलाई हेर्दा थाहा हुन्छ । आफ्नो पार्टीको सरकार बनेमा दासढुंगा घटना र यस भित्रका षडयन्त्र र अपराधीलाई पर्दाफास गर्ने कसम खाएको एमाले चुक्न पुग्यो अझ विस्तृत रुपमा भन्नुपर्दा त्यसबेलाका महासचिव माधव कुमार नेपाल विरुद्ध स्थायी समिति सदस्य वामदेव गौतमले १५ बुँदे असहमतिको ७ नम्बरमा दासढुंगाकाण्ड अपराधीहरुको खोजीकार्यमा तत्परता नदेखाएको असन्तुष्टि जाहेर गरे । यथार्थतामा भन्नुपर्दा एमालेको जग मदन भण्डारीको बहुदलिय जनवाद नै हो जुन आज पर्यन्त छ । तर यो केवल आडम्बर मात्र देखियो । अकस्मात भण्डारीको दुर्घटनाले स्तब्ध बयोवृद्ध नेता स्वर्गीय मनमोहन अधिकारीले बरु आफु मर्न परेको भए हुन्थ्यो भनेर भण्डारी पार्टीको र देशको लागि चाहिने राजनेता थिए भन्ने कुरा पत्रकारसामु पोखेका थिए, त्यसैगरी तत्कालिन नेपाली काग्रेंस सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाले पनि देशले सुयोग्य नेता गुमाएको बक्तव्य दिए । जव एमालेमा पार्टी अध्यक्ष मनमोहन अधिकारीको मृत्यु पश्चात स्वर्गीय गिरिजा वावुले अव एमालेमा लिडर अर्थात नेता नै छैनन् भनेर सार्वजनिक रुपमा भन्नुभएको कुरा आज आएर सावित भएको छ एमालेको राजनीतिक अडान वारम्वार फेरिने गरेको नेपाली राजनीतिमा देख्न पाइन्छ ।
देशलाई एउटा विद्धान राजनेता भन्दा पनि कुशल नेतृत्व र नेताको आज टड्कारो छ यसरी लथालिङ्ग र भताभुङ्ग अवस्थाको सिर्जना राजनीतिक दृढ निर्णयको अभावको असर जनतामा परेको छ । उनको आफ्नै पार्टी स्वयंले कुशल नेतृत्वदायी भुमिका निभाउन नसकेर नेपालको राजनीतिमा तेश्रो हिस्सा ओगट्न पुगेको छ । र आज समग्र मदन भण्डारी वाँचेको भए, देशले नयाँ गति लिन्थ्यो वा जनयुद्धको मार घाउ देशले वेहोर्न पर्दैन्थ्यो भन्ने जनमानसमा गुनासो गुन्जिने गर्दछ । आज उहाँहरु वितेको १९ वर्ष पुगिसक्दा पनि जनतासामु अपराधीलाई सार्वजनिक गर्न सकिएको छैन । जननेता स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धान्जली टक्राउन हरेक वर्ष झैं यस वर्ष पनि नेताहरु जालान र दरो मुठृी कस्लान तर उनको हत्या हो वा सुनियोजित यसवारेमा मौन हुनेछन् । फेरी जनताको बहुदलिय जनबादको सिद्धान्तलाई आत्मसात गर्ने खोक्रो कसम खानेछन् । यो कतिसम्म र कतिन्जेल चल्नेछ अन्तत इतिहासको कालखण्डमा एकदिन यसको प्रश्न माग्नेछन् त्यो बेला त्यो निरिहताको महसुस हुनेछ

news and entertainment