परपुरुषसँग नजिकिन ११ महिने शिशुलाई ज्युँदै जंगलमा छाडेपछि::::
जेठ, पर्वत । कुनै आमाले आफूले जन्म दिएका सन्तानलाई जंगलमा ज्युँदै छाडेर परपुरुषको अँगालोमा बाँधिन जान्छिन् भन्ने तपाई कल्पना गर्न सक्नुहुन्छ ? तर यस्ता निष्ठुरी आमाहरु पनि हुँदा रहेछन् जसले परपुरुषलाई खुसी पार्न बच्चालाई अनकन्टार जंगलमा फालेर हिड्न सक्दारहेछन् ।
चितवन नारायणगढकी मीना परियार (पौडेल)ले आफ्नो ११ महिने छोरालाई पर्वतको मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा छाडेर फरार भएकी छन् । प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा फालेको २० घन्टापछि जीवितै उद्धार गरेको छ भने महिलालाई समेत नियन्त्रणमा लिएको छ । बागलुङ जिल्लाको पैंयुपाटा ५ मा माइतीघरबाट आफ्ना प्रेमीलाई भेट्न पर्वतको फलेवास हिँडेकी मीनाले मंगलबार दिउँसो चार बजे छोरा भीष्म पौडेललाई झाडी र भिरालो स्थानमा छाडेर हिँडेको नेपाल समाचारपत्रमा खबर छ ।
मंगलबार दिउँसो शिशुलाई छाडेर फलेबासमा परपुरुषसँग रात विताएकी मीनालाई बुधबार दिउँसो सदरमुकाम कुस्मा बजारमा एक्लै देखेपछि आफन्त र प्रहरीले बच्चाको खोजीमा गरेका थिए ।