मदिरा कसरी पिउने ?
अल्कोहोलिक वेभरेजलाई मुख्य तीन भागमा बाँड्न सकिन्छ। ब्य्रुड वेभरेज, फर्मेटेड वेभरेज तथा डिस्टिल वेभरेज। वियरलाई ब्य्रुडअन्तर्गत राखिन्छ भने वाइन, छ्याङ, तोङ्वा, टारी फर्मेटेड वेभरेजमा पर्छन्। त्यस्तै डिस्टिल वेभरेजमा ह्वीस्की, रम, जीन, ब्रान्डी, भोड्का तथा टकिला पर्छन्। यी अल्कोहोलिक वेभरेजको स्वाद मात्र होइन, पिउने शैली पनि भिन्न छ।
ह्वीस्की ः कलर, फ्लेवर र टेस्टको संगम हो ह्वीस्की। खासगरी यसलाई जाडो सिजनमा पिउनु उपयुक्त हुन्छ। यसको असली स्वाद लिन निट पिउनुपर्छ। ह्वीस्कीमा आइसको केही टुक्रा राखेर पिउँदा त्यसको स्वाद दोब्बर हुन्छ। पानी, सोडा, जिन्जर एल वा कोकको मिश्रणमा ह्वीस्की पिउन सकिन्छ। ह्वीस्कीसँग ह्वाइट मिट जस्तो माछा, सुँगुरको स्न्याक्स खानु उपयुक्त हुन्छ।
जिन ः इङ्ल्यान्ड तथा होल्यान्डको राष्ट्रिय पेय हो यो। यसलाई समर डि्रंकका रूपमा लिइन्छ। कागतीका स-साना स्लाइस हालेर जिन पिउन सकिन्छ। यसमा लेमोनेट, टनिक तथा सोडा मिश्रण गर्न सकिन्छ। जिन सँग सलाद एवं भेजिटेवल स्न्याक्स खानु ठीक हुन्छ।
भोड्का ः यसलाई सेतो स्पि्रटको राजा भनिन्छ। यो टेस्ट लेस, अर्डर लेस र कलर लेस हुन्छ। त्यसैले पनि सबै किसिमको ककटेलमा भोड्काको प्रयोग बढी हुन्छ। यसलाई सुटरमा पिइन्छ, अर्थात् एकैचोटिमा घुट्याउँदा यसको असली स्वाद लिन सकिन्छ। भोड्कामा जुस, कोक, स्प्राइट, जिन्जर एल वा पानीसँग मिसाएर पिउनुपर्छ। भोड्का समर र विन्टर दुवै सिजनमा पिउने चलन छ।
ब्रान्डी ः ब्रान्डीलाई कोन्याक तथा आर्मोन्याकका रूपमा पनि चिनिन्छ। खासगरी विन्टर सिजनमा ब्रान्डी पिउनु उपयुक्त हुन्छ। यसलाई निट पिउन सकिन्छ। तातो पानी र महको घोलमा पनि ब्रान्डी पिइन्छ। ब्रान्डी पिउन ब्रान्डी बलुन ग्लास चाहिन्छ। कोन्याक तथा आर्मोन्याक खानापछि पिइन्छ। यसरी पिउदा पाचन प्रक्रियामा सहयोग पुग्छ।
रम ः रम डार्क, ह्वाइट र गोल्डेन गरी तीन प्रकारको हुन्छ। ह्वाइट रम प्रायजसो ककटेलमा प्रयोग गरिन्छ। यसलाई सोडा, पानी वा पाइनापल जुससँग पिउनु ठीक हुन्छ। यसैगरी डार्क रमलाई कोक, तातो पानी तथा महसँग पिउनुपर्छ। हाई वल ग्लासमा रम पिउने गरिएको छ। डार्क रमसँग स्न्याक्सका रूपमा रातो मासु नखानु नै उपयुक्त हुन्छ।
टकिला ः मेक्सिकोको राष्ट्रिय पेय हो, टकिला। यसलाई सुटर ग्लासमा राखेर पिउनुपर्छ। टकिला पिउने विशेष तरिका छ। एउटा हातमा ग्लास र अर्को हातमा कागती र थोरै नुन राख्नुपर्छ। टकिला घुट्क्याइसकेपछि हातको नुनसँग चाटेर कागतीको टुक्रा चपाउनुपर्छ।
वाइन ः वाइन यस्तो पेय हो, जसलाई पिउने विशिष्ठ कला हुन्छ। जस्तोसुकै गिलासमा हालेर घुट्क्याउँदा वाइनको स्वाद प्राप्त हँुदैन। यसका लागि छुटै किसिमको गिलास आवश्यक हुन्छ। खासगरी अंग्रेजी वर्णमालाको 'यू' सेपको गिलासमा वाइन पिउनुपर्छ। त्यसमा पनि वाइनको प्रकृतिअनुसार विविधता हुन्छ। जस्तो ह्वाइट वाइन पिउन गिलास पींधमा समाउने भाग लामो हुन्छ भने, रेड वाइनका लागि छोटो। चिसो वनाएर पिइने ह्वाइट वाइन पिउने गिलासमा हातको सोझो सम्पर्क हुनु हुँदैन। त्यसैले यसको गिलासको पींधमा लामो समाउने भाग हुन्छ।
भनिन्छ, वाइनवाट हाम्रो चारै इन्दि्रयले सन्तुष्टि लिनुपर्छ। वाइनलाई गिलासमा आधा जति हालेर विस्तारै हल्लाउनु पर्छ। यसरी हल्लाउँदा वाइन अक्सिजनसँग घोलिन्छ र मीठो बास्ना पनि आउँछ। त्यसपछि मुखमा हालेर कुल्ला गरेजस्तो सवै भागमा वाइन पुर्याउनुपर्छ। त्यसपछि मुखमा अक्सिजन तानेर वाइन निल्नुपर्छ।
वाइन मुख्यतः तीन प्रकारको हुन्छ, ह्वाइट, रेड र रोज। यी वाइनहरूको पिउने शैली र समयमा एकरूपता छैन। जस्तो समर सिजनमा ह्वाइट वाइन पिइन्छ भने विन्टरमा रेड। रोज वाइन दुवै सिजनका लागि उपयुक्त हुन्छ। वाइन गुलियो, हल्का गुलियो र टर्राे स्वादमा उपलव्ध हुने गरेका छन्। यी तीनै प्रकारका वाइनको समानता के हो भने, यसमा पानी अथवा कुनैपनि पदार्थ मिश्रण गर्नु हँुदैन।
ह्वाइट वाइनलाई पि|mजमा चिसो वनाएर पिउनुपर्छ। ह्वाइट वाइनसँग स्न्याक्सका रूपमा सेतो मासु, सलाद एवं फलफूल खान सकिन्छ। रेड वाइनचाहिँ अलि मसलेदार स्न्याक्ससँग पिउनु उपयुक्त हुन्छ।
राजकुमार डि.सी
कार्यकारी निर्देशक
द कक्टेल्स एन्ड डि्रङ्स स्कुल
अफ बार एण्ड वेभरेज म्यानेजमेन्ट
