यौन समागम र हृदयाघात

यौन क्रियाकलापमा नियमित सक्रियताले जति फाइदा गर्छ, त्यसमा आक्कल झुक्कल सहभागिताले  त्यति  नै  बेफाइदा गर्छ । नयाँ अध्ययनले दाबी गरे अनुसार यौनक्रियामा कहिलेकाहीँ संलग्न हुनेहरूलाई हृदयाघातको आशंका दोब्बर हुन्छ ।

यो निष्कर्षमा  पुग्नुअघि  हार्वर्ड  विश्वविद्यालयका  अनुसन्धानकर्ताहरूले  धेरै  पुराना  अनुसन्धानपत्रहरूको  अध्ययन  गरे । यसमा उनीहरूले के पाए भने यौन समागम कहिलेकाहीँ गर्ने वा व्यायाममा अनियमितता राख्नेहरूको हृदयाघातबाट मृत्यु हुने जोखिम अढाई गुणासम्म  बढी  हुन्छ ।  यस विपरीत नियमित स्वस्थ यौनमा संलग्न हुनेहरूलाई मुटुको रोग लाग्ने सम्भावना अरूको दाँजोमा आधा कम हुन्छ ।
 ’जामा’ जर्नलमा  प्रकाशित उक्त अध्ययनका लागि अनुसन्धाताहरूले यसबारेका १४ भन्दा बढी पुराना अनुसन्धानहरूको विश्लेषण  गरेका  थिए ।  उनीहरूको  विश्लेषण  हृदयाघातको  कारण  के  हुन  सक्छ भन्नेमा केन्द्रित थियो । त्यो अनुसन्धानमा ज-जसलाई हृदयाघातको जोखिममा कम पाइएको थियो, उनीहरू शारीरिक वा सेक्सुअल गतिविधिमा बढी संलग्न थिए ।

अनुसन्धानमा  पाइएअनुसार  मुटुसम्बन्धी  खतरालाई  सबै प्रकारका शारीरिक गतिविधिले ३.५ गुणा र यौनसम्पर्कले २.७ गुणासम्म कम गर्छन् ।  कसैलाई  मुटुसम्बन्धी  समस्या  छ  भने  पनि  नियमित  शारीरिक गतिविधि वा सहवासले न्यून गर्न सकिन्छ । उक्त अध्ययनमा  संलग्न  जेसिका  पालस  भन्छिन्, ‘नियमित यौन वा अन्य शारीरिक गतिविधिले मुटुमा  हुन  सक्ने  हानिलाई  एक/दुई घन्टाका दरले कम गर्दै लैजान्छ ।’

,

news and entertainment