अमेरिकी सैनिकले सिरियामा आक्रमण गर्ने

 अमेरिकी सेनाले सिरियामा आक्रमणको तयारी गरिरहेको बताइएको छ । सो प्रयोजनका लागि सिरियाको राजधानी दमासकसलाई घेराभित्रजस्तो पारेर अमेरिकी सैनिक तैनाथ भएका छन् ।सिरियाले गत बुधबार राजधानी दमासकस नजिकै गरेको एक आक्रमणमा रासायनिक एवम् निकै घातक हतियारको प्रयोग गरी सयौँ नागरिकको हत्या गरेकोले त्यस विरुद्धको कारबाहीका लागि अमेरिकाले यो रणनीति अपनाएको बताइएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी सैनिले कारबाहीका लागि सिरियाले गत बुधबारको आक्रमणमा सिरियाली सेनाले रासायनिक हतियारको प्रयोग गरेको बारेमा अनुसन्धान गरी सो तथ्य फेलापार्न पनि निर्देशन दिनुभएको बताइएको छ उक्त प्रारम्भिक अनुसन्धानका लागि संयक्त राष्ट्रसङ्घका अनुसन्धान अधिकारीहरु त्यसतर्फ लागिसकेका बताइएको छ । यसअघि सिरियामा भएका मानवअधिकार हनन्का विभिन्न घटनामा अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घलाई पनि सिरिया सरकारले अनुमति दिएको थिएन अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले राष्ट्रपति बाराक ओबामालाई सिरियामा रासायनिक हतियार प्रयोग गरेको विषयमा विभिन्न सैनिक विकल्पहरुका बारेमा सुझाएको थियो । ती बिकल्पमध्ये सिरियामा बल प्रयोग एक रहेको थियो ।यस विषयमा अमेरिकी राष्ट्रपति ओबामा तथा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन नजिकमा रहेर परामर्श गरिरहेको देखिएको छ । उहाँहरुबीच सिरियामा सैनिक आक्रमणका लागि सहमति भएको पनि समाचारमा जनाइएको छ ।डक्टर्स विथआउट बोर्डर्सले बुधबारको घटनामा ३५५ व्यक्तिको स्नायु प्रणालीमा गम्भीर असर परेका लक्षणका कारण मृत्युभएको देखिएको जानकारी दिएको छ । सो घटनामा परी कम्तीमा पनि दुई हजार नागरिक मारिएका पछिल्ला समाचारहरुमा उल्लेख छ ।संयुक्त राष्ट्र सङ्घले सिरियामा सन् २०११ को मार्च महिनामा सुरु भएको विद्रोहमा हालसम्म एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको जानकारी दिएको छ । उक्त विद्रोहमा परी हजारौँ नागरिक अङ्गभङ्ग भई कोही विभिन्न अस्पतालमा त कोही अशक्त भई घरैमा बाँचिरहेका छन् ।उक्त आन्दोलनका क्रममा यसअघि पनि यस्ता घातक हतियारको प्रयोग गरिएका समाचारहरु आइरहेका थिए । तर सिरिया सरकारले त्यसको खण्डन गर्दै आएको थियो । यस पटकको आक्रमणमा पनि सरकारले सेनाको हात नरहेको दाबी गर्दै आएको छ ।
अमेरिकालाई रसियाको चेतावनी यसैबीच रसियाले अमेरिकाले सिरियामा सैनिक कारबाही सुरु गर्न लागेकोमा गम्भीर चासो व्यक्त गरेको छ । उसले सैनिक कारबाहीको रुप अत्यन्तै खतरनाक हुने चेतावनी पनि दिएको समाचारमा जनाइएको छ । रसियाका विदेश मन्त्री सेर्गेई लाभरोभले अमेरिकी विदेश मन्त्री जोन केरीलाई उक्त कारबाहीका लागि हतार नगर्न सुझाव दिनुभएको बताइएको छ ।उहाँले सैनिक कारबाहीले आगामी दिनमा सैनिक हस्तक्षेपका अरुपनि नकारात्मक शृंखलाहरुको विकास हुने खतरा रहने पनि जनाउनुभएको समाचारमा जनाइएको छ ।american attack syria
लाभरोभले आइतबार राति अमेरिकी विदेश मन्त्री केरीलाई टेलिफोन गरी अमेरिकाले सिरियामाथि आक्रमणको तयारी गरेको समाचार सुन्दा रसिया झस्किएको बताउनुभएको थियो
 उहाँले उक्त फोनवार्ताका क्रममा अमेरिकालाई सिरियामाथि सैनिक हमलाका लागि हतार नगर्न सुझाएको बताइएको छ । तर उक्त सुझावप्रतिको अमेरिकी विदेश मन्त्रीको प्रतिक्रिया भने सार्वजनिक गरिएको छैन
उता सिरियाली राष्ट्रपति बसार अल असादले अमेरिकाले सिरियामाथि सैनिक हमला गरेमा अमेरिका सफल नहुने प्रतिक्रिया दिनुभएको छ
 उहाँले रसियाको एक पत्रिकालाई दिनुभएको अन्तरवार्तामा अमेरिका सैनिक हमलामा सफल नहुने दाबी गर्नुभएको उक्त पत्रिकाको सोमबारको संस्करणमा छापिएको छ । उहाँले यसअघिका अमेरिकी सैनिक आक्रमणका फेहरिस्त प्रस्तुत गर्दै यदि अमेरिकाले सिरियामाथि एकतर्फी रुपमा आक्रमण ग¥योभने उसका सामु असफलता व्यहोर्नुबाहेकको अर्काे कुनैपनि बिकल्प नहुने चेतावनी पनि उक्त अन्तरवार्तामा दिनुभएको छ । साथै उहाँले आफ्नो सेनाले रासायनिक हतियारको प्रयोग नगरेको भन्दै त्यसको बचाउ गर्नुभएको छ । हामीलाई केही पश्चिमा राष्ट्रहरुले रासायनिक हतियारको प्रयोग गरेको भनी गरेको आलोचना वाहियात छ– उहाँले सो अन्तरवार्तामा भन्नुभएको छ । यो पूर्वाग्रही आरोप हो भन्दै उहाँले यसले सिरियाको आत्मसम्मानमा चोट पुर्याउने प्रयत्न गरेको बताउनुभएको छ । तर सो स्थानमा किन त्यति धेरै नागरिक एकैसाथ मारिए भन्ने बारेमा भने उहाँले केही बताउनु भएको छैन ।

,

news and entertainment