हेर्नोस त दौडनुका १० फाइदाहरु

धेरैले बिहान दौडने बानी वजन नियन्त्रणका लागि मात्र सहयोगी हुने ठान्छन् र वजन बढि भएका मानिस मात्र भुँडी घटाउन दौडिने गर्छन् । तर दौडनुका फाइदा त्यत्तिमा मात्र सिमित छैन । दौडनुका दश फाइदा यस्ता छन् :

दौड सरीरको उर्जा दहनको सबैभन्दा सरल तथा छिटो उपाय हो । त्यसकारण यदि छिटै मोटोपन घटाउने चाहना छ भने नियमित रुपमा दौडनु आवश्यक हुन्छ । यसले सरीरको पाचन प्रक्रिया तथा उपापचयनलाई समेत गति प्रदान गर्छ ।

दौडनु मुटुका लागि समेत लाभदायक हुन्छ । दौडका कारण सरीरको रक्तसंचार सन्तुलित हुन्छ । यसले विभिन्न खाले रक्त तथा मुटुरोगको जोखिम पनि कम गर्छ ।

दौडनु हड्डीका लागि समेत लाभदायक हुन्छ । दौडने मानिसको खुट्टाको हड्डी मजबुत हुन्छ । यसले सरीरका अरु भागका हड्डी पनि बलियो तथा स्वस्थ बनाउनका साथै जोर्नीलाई समेत स्वस्थ राख्छ ।

दौडले सरीरको रोग प्रतिरोधी क्षमतामा समेत विकाश गर्छ । नियमित रुपमा दौडिने मानिसमा एलर्जी, रुघाखोकी लगातका रोगले सताउने जोखिम कम हुन्छ ।

दौडिने बानीले सरीरको उर्जाक्षमता पनि बढाउँछ । यसबाट बढि थकान महसुस हुने जस्ता समस्या दूर हुन्छन् । यसले सरीरमा ताजगी पैदा गर्छ । दौडका कारण सरीरमा हर्मोनको उत्पादन बढि हुने भएकाले सरीरमा उर्जाको संचार बढि हुन्छ ।

दौडले मानिसमा तनाव समेत कम गर्छ । दौडिँदा लामो स्वास लिनु आवश्यक हुन्छ । यसले मस्तिष्कमा बढि अक्सिजन प्रवाह हुन गई तनाव कम गर्छ ।

दौडेले मस्तिष्कलाई तेज बनाउँछ । दौडिँदा सरीरमा रक्तसंचार समेत नियमित हुने भएकाले मस्तिष्कमा पनि रक्तसंचार बढि हुन्छ । विज्ञहरुका अनुसार नियमित रुपमा दौडिने मानिसको स्मरणशक्ति पनि बढि हुन्छ ।

दौडले पाचन प्रक्रिया पनि नियमित गर्छ । अपच हुने, कब्जियत हुने जस्ता समस्या भएकाहरुलाई नियमित दौडले निकै फाइदा पूराउँछ ।

नियमित दौडिने बानी भएका मानिसमा मधुमेहको जोखिम आधाले कम हुने बताइन्छ ।

नियमित दौडले रगतमा कोलेस्टेरोलको लेभल घटाउँछ । यसले उच्च रक्तचाप लगायतका समस्या कम गर्छ ।

निद्रा नलाग्ने समस्या छ ? यदि त्यसो हो भने हरेक दिन विहान आधा घण्टा दौडिने गर्नुहोस् । दौडिने बानीले तपाइँलाई रातमा गहिरो निद्रा पर्छ ।

नियमित रुपमा दौडिने मानिसमा छिटो बुढ्यौलीका लक्षण देखिने खतरा पनि कम हुन्छ ।

,

news and entertainment