खरेलको प्रहरीभित्रै विरोध,खरेललाई सरुवा गर्न प्रधानमन्त्री सुशील कोइरालासम्म दबाब

काठमाडौं प्रहरीले ‘गुण्डागर्दी नियन्त्रण अभियान’ चलाएपछि संगठित गुण्डागर्दी गर्दै आएका गुण्डा नाइके तथा उनीहरुका सहयोगी भूमिगत हुन थालेका छन् | काठमाडौँ प्रहरी प्रमुखका रुपमा एसएसपी रमेश खरेल आएपछि उनले गुण्डागर्दी नियन्त्रण अभियान सुरु गरेका थिए ।

खरेलले सुरु गरेको उक्त अभियानका क्रममा हालसम्म ४८ गुण्डा नाइके पक्राउ परिसकेको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ । पक्राउ पर्नेमा तेजेन्द्र गुरुङ, शुक्रबहादुर लामा ‘बाघे’ लगायत छन् । यता, गुण्डा नियन्त्रण अभियानका कारण भूमिगत हुनेमा चर्चित गुण्डा नाइकेहरु दीपक मनाङगे, गणेश लामा, रमेश बाहुन, दिनेश अधिकारी ‘चरी’, कुमार घैंटे, माइला लामालगायत छन् । उनीहरुका केही महत्वपूर्ण सहयोगी भने प्रहरी हिरासतमा छन् । पक्राउ पर्न बांकी केही सहयोगीलाई भने गुण्डा नाइकेहरुले सुरक्षाका लागि पोखरा, चितवन र धरान पठाएको सूचना आफुहरुलाई आएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्न बांकी गुण्डा नाइकेहरुले पनि आफ्नो कोठा छाडी सकेका प्रहरीले बताएको छ । गुण्डा नाइकेहरु धमाधम भूमिगत भएपछि उपत्यकाका व्यापारी हप्ता बुझाउनु पर्ने बाध्यताबाट मुक्त भएका छन् । प्रधानमन्त्रीको कार्यालयबाट गएको दबाबलाई समेत बेवास्था गेरेर खरेलले अभियानै चलाएपछि भागाभाग भएका गुण्डा नाइकेहरु भने खरेलललाई हटाउने योजनामा छन् ।

गृह मन्त्रालय कसले हात पार्छ र सो मन्त्रालयमा मन्त्री भएर आउनेलाई कसरी आफ्नो पक्षमा पार्ने भनेर यतीबेला गुण्डा नाईकेहरु मन्त्रीमण्डलको पूर्णता पर्खेर बसेका बताइएको छ । स्रोतका अनुसार राजनीतिक संरक्षण पाउने गरेका भनिएका उनीहरु यतिबेला कसरी खरेललाई काठमाडौं प्रहरी प्रमुखबाट च्युत गराउने भन्ने राजनीतिक लविङमा छन् ।

पक्राउ परेका डन तथा उनीहरुका सहयोगी छुटाउन तथा खरेललाई सरुवा गर्न प्रधानमन्त्री सुशील कोइरालासम्म समेत दबाब पुगिसकेको छ । यसैबिच, जनताबाट वाहीवाही पाइरहेका खरेलको प्रहरीभित्रै भने विरोध हुन थालेको छ । राजनीतिक दबाबलाई समेत अस्वीकार गरेर निष्टापूर्बक काममा रहेका खरेलले घुसका साथै हप्ता उठाउन नदिएपछि उनको आफ्नै संगठन भित्र बिरोध हुन थालेको स्रोतको दाबी छ ।

जनतामाझ लोकप्रिय बन्दै गएका खरेलको ब्यक्तित्व थप चुलिने र आफ्नो अबैधानिक कमाई धन्दामा अबरोध आउन थालेपछि एसएसपी खरेल प्रहरी संगठनभित्र बिरोधको सामना गरीरहेका छन् ।

,

news and entertainment