अभिनेताको घरमा भेटियो तीन दिने शिशुको शव

१२ फागुन, एजेन्सी । एक अभिनेताको घरमा तीन दिनको शिशुको शव फेला परेको छ । उक्त घटनालाई निकै रहस्यमय रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

अभिनेता नूतनका छोरा तथा चलचित्रमा सकारात्कमक तथा नकारात्मक दुवै किसिमको अभिनय गर्ने अभिनेता मोहनिश बहलको घरमा तीन दिनको शिशुको शव भेटिएको छ । 

मोहनीशको फाम हाउस ठाने मुब्रा इलाकामा रहेको छ । उक्त बच्चीको शव यही फाम हाउसको स्विमिङ पुलमा भेटिएको समाचारहरूमा जनाइएको छ । 

शिशुको शव जाँचपछि चिकित्सकले उक्त शिशु जन्मिएको मात्र ३-४ दिन भएको बताएका छन् । प्रहरीले यस घटनाका सम्बन्धमा जाँच गरिरहेको छ । बच्चीको शवलाई मोहनीशको फाम हाउसमा काम गर्ने सुरक्षागार्डले फेला पारेका थिए । मोहनीश यस घटनाका बारेमा थाहा पाएपछि निकै चिन्तित भएको बताइएको छ । शिशुको शव निकै क्षतविक्षत अवस्थामा रहेको थियो ।

, , ,

news and entertainment