कतिको निन्द्रा लाग्छ !!निद्राले के गर्छ हाम्रो मस्तिष्कलाइ ?
वैज्ञानिकहरुले निद्राले मस्तिष्कका कोषको पुनर्निर्माणमा सहयोग गर्ने तथ्य पत्ता लगाएका छन् । निद्रा किन आवश्यक छ ? भन्ने कुराको खोजमा जुटेका वैज्ञानिकहरुले निद्राको एक अर्को फाइदा पत्ता लगाउँदै यसले मस्तिष्कका स्नायु कोषको बाहिरी खोल निर्माणमा सहयोग गर्ने कोषिकाहरु बनाउन सहयोग गर्ने कुरा पत्ता लगाएका हुन् । माइलिन नामक उक्त स्नायु खोलले स्नायुको सुरक्षा गर्नुका साथै स्नायुले संवेदना प्रसार गर्ने गतिमा पनि वृद्धि गर्छ ।
शोधकर्ताहरुका अनुसार माइलिन नामक स्नायु खोलको निर्माण गर्ने प्रमुख तत्वको रुपमा रहेको ओलिगोडेन्ड्रोसाइटको उत्पादन निद्राको समयमा बढि हुन्छ । अनुसन्धानको क्रममा मुसालाई जागै राखिरहँदा मस्तिष्क कोषको मृत्यु तथा तनाव चेतना पैदा गर्ने जिनहरु सक्रिय भएको पाइयो । अर्थात् पर्याप्त निद्रा नलिँदा मस्तिष्कका कोष मर्दै जाने, मरेका कोषको ठाउँमा नयाँ कोषको निर्माण कम हुने र तनाव समेत बढ्ने निष्कर्ष शोधकर्ताहरुको छ ।