के छापियो बुधबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० फागुन ७ गते बुधबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले फेरि पनि एमाले नेता सुबासचन्द्र नेम्बाङ संविधानसभा अध्यक्ष बनेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
संवैधानिक समितिमा एमाओवादी नेता बाबुराम भट्टराईलाई लैजाने तयारी भएको नयाँ पत्रिकामा मुख्य खबर छ भने कांग्रेसले एमालेसँग मन्त्रीको नाम मागेको राजधानी दैनिकमा मुख्य खबर छ ।
डिनलाई थाहै नदिई ११ कलेज सम्बन्धनको प्रक्रियामा रहेको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ भने महिलाले मिलेर भुसबाट बिजुली निकालेको खबरलाई कान्तिपुर दैनिकले मुख्य खबर छापेको छ ।
1
2

,

news and entertainment