सिटीको मैदानमा बार्साको २ गोल

चयाम्पिसन्स लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा स्पेनिस लिग लिडर बार्सीलोनाले इङलिस क्लब म्यानचेष्टर सिटीलाई २-० ले पराजित गरेको छ । सिटीलाई घरेलु मैदानमा पराजित गरेसंगै बार्साको क्वाटरफाइनल पुग्ने सम्भावना पनि बढेको छ । सिटीको घरेलु मैदान इतिहाड स्टेडियममा बार्सालाई महत्वपुर्ण जित दिलाउन अर्जेन्टाइन स्टार लियोनेल मेसी र डानी एल्भ्जले एक एक गोल गरे । सिटी विरुद्धको गोल संगै मेसीले इङलिस टोलीको घरेलु मैदानमा पनि पहिलो गोल गर्न सफल भएका छन् । पहिलो हाफ बार्सीलोनालाई बराबरीमा रोकेको सिटीले दोस्रो हाफमा दुई गोल खाएको हो । खेलको ५३ औं मिनेटमा सिटीका डिफेन्डर मार्टिन डेमिकल्सले लियोनेल मेसीलाई लडाएपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि दोस्रो हाफमा सिटी दश खेलाडीमा समेटिएको थियो । त्यहि फलमा पाएको पेनाल्टीमा गोल गर्दै मेसीले ५४ औं मिनेटमा बार्सालाई अग्रता दिलाएका थिए । अर्को गोल खेलको अन्तिम मिनेटमा डिफेन्डर डानी एल्भ्जले गोल गरे ।

यि दुई टोली बिचको दोस्रो लेग आगामी मार्च १३ बार्साको घरेलु मैदान नोउ क्याम्पमा हुनेछ । यस्तै बुधबार बिहान नै भएको हर्को खेलमा फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट जर्मन पनि विजयी भएको छ । पिएसजीले जर्मन क्लब वायर्न लेभरकुजनलाई उसैको घरेलु मैदानमा ४-० ले पराजित गरेको हो । पिएसजी लाई महत्वपुर्ण जित दिलाउन स्विडिस स्टार ज्लाटन इब्राहामोभिचले दुई गोल गरे भने योहान कायवे र ब्लेस माटुइडीले एक एक गोल गरे । ज्लाटनले ३ मिनेटको अन्तरमा दुई गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै गोल गदै माटुईडिले पिएसजीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका ज्लाटनले त्यसको तिन मिनेटपछि नै अर्को गोल गर्दै पिएसजीलाई पहिलो हाफमै ३-० को अग्रता दिलाएका थिए । पिएसजीको लागी पहिलो गोल गर्ने क्रममा ८८ औं मिनटमा कायवेले गोल गर्दै टोलीलाई फराकिलो जित सुनिश्चित गराए ।

,

news and entertainment