ओबामाको यो तस्बिर सार्बजनिक भएपछि निद हराम
सामाजिक संजाल फेसबुकमा एउटा यस्तो तस्बिर सार्बजनिक भएको छ जसले अहिले ब्यापक चर्चा परिचर्चा बटुलिरहेको छ | प्रसङ्ग हो अमेरिकी राष्ट्रपति बाराक ओबामाले टेलिभिजन सेटमा भारतका प्रधानमन्त्रि उम्मेदवार तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको भाषण हेरीरहेको
बास्तवमा यो एउटा भ्रामक तस्बिर हो | वास्तविक तस्वीर २८ जनवरी, २०११ को हो जब ओबामाले मिस्रका तत्कालीन राष्ट्रपति हुस्नी मुबारकले पद त्याग गर्ने समयमा दिएको भाषण अमेरिकी राष्ट्रपति ओबामाले हेरिरहेका छन् | भ्रमक तस्बिरमा हुस्नी मुबारकको स्थानमा नरेन्द्र मोदीले भाषण दिइरहेको देखाएको छ |साथै तस्बिरको तल ‘ओबामाले पनि सुन्ने गर्छन नमोको भाषण’ लेखिएको छ | सामाजिक संजालमा कसैको व्यक्तिगत कुरामा हस्तक्षेप गर्ने काम गैरकानुनी मानिन्छ | यसको पछाडी भाजपाका बिरोधिको हात हुन सक्ने जनाइएको छ |