उच्च पाकिस्तानी तालिबानी कमान्डरको मृत्यु

अफगान बोर्डर देखि केहि नजिक रहेको लडाकुहरुको पकड भएको क्षेत्रमा गोलि चल्दा एक उच्च पाकिस्तानी तालिबानी कमान्डरको मृत्यु भएको छ | अस्मातुल्ला शाहिन चढेको गाडी उत्तर वाजिरिस्थनको मिरानशा नजिकै अवस्थित गाउमा एक्बुशमा परेको थियो |

शाहिन संगै गाडीमा सवार अन्य ३ जना अन्य सहायकको समत मृत्यु भएको छ | तर हमला कुन लडाकु समूहले गर्यो भन्ने कुरा अहिले सम्म प्रष्ट भने हुन सकेको छैन | पाकिस्तानको तालिबानी समूहका नेता हाकिमुल्ला मेशुदको गत बर्ष मृत्यु भए यता शाहिन तालिबानी समूहका अस्थाई नेता भएका हुन् | शान्ति वार्ताको पक्षमा रहेको भनिएको शाहिन छाडेको गाडीलाइ एम्बुश गरि बन्दुकधारीहरुले उनीहरुमाथि गोलि चलाएका हुन् | शाहिन साथी उनका तीन सहयोगीको घटना स्थलमा नै मृत्यु भएको बताइएको छ | पछि समूहका नेतामा मुल्ला फेजुल्ला आए पछि त्यस क्षेत्रका लडाकुहरुलाइ अपरिचित बन्दुकधारीहरुले आफ्नो निशाना बनाउदै आएका छन् | भने पाकिस्तानी सरकारले भने यी दुवै समूह संग शान्ति वार्ता गर्ने प्रयासमा रहेको छ |

गत हफ्ता तालिबानीको एक समूहले २३ जना सुरक्षा अधिकारिको हत्या गरेको बताए पछि हुने भनिएको शान्ति वार्ता स्थगित भएको हो | समाचार एजेन्सीहरुका अनुसार उनीहरुका परिवारले मृत्युको कुरालाइ समर्थन गरेता पनि पाकिस्तानको सैनिक तथा त्यस तालिबानी समूहले भने कुनै प्रकारको आधिकारिक जानकारी दिएका छैनन् |

स्रोत : एजेन्सी

, , ,

news and entertainment