काठमाडौं, फागुन १२ – भारतीय सञ्चार माध्यममा गौतमबुद्धको जन्मथलो कपिलवस्तुको लुम्बनी
आतङ्कवादीको टर्गेटमा रहेको समाचार बाहिर आएपछि तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठीले यस बारे गृहमन्त्रालयलाई लिखित जानकारी गराएका छन् । टाइम्स अफ इण्डिया अनलाइनले भारतीय गुप्तचरको हवला दिँदै भारतको दुई ठाउँ र नेपालको लुम्बनीलाई आतङ्कारीले टर्गेट बनाएको उल्लेख गरेको थियो ।
आतंकारीको निशानामा लुम्बनी रहेको लिखित जानकारी गराएको दुई दिन वित्दा पनि लुम्बनीलाई कुनै प्रकारको सुरक्षामा प्रत्याभूत गराउन नसकिएको त्रिपाठीले रातोपाटीसँग कुराकानी गर्दै बताए । त्रिपाठीले यो कुराको जानकारी पाउने वित्तिकै आफूलाई गृहमन्त्रालयलाई जानकारी गराएको तर हालसम्म सुरक्षा मजबुत बनाइएको कुनै पनि संकेत नपाएको बताए ।
त्रिपाठीले यसबारेमा आफ्नो फेसबुकमा पनि असन्तुष्टि जाहेर गरेका छन् । आफ्नो फेसबुकमा उनले यस्तो लेखेका छन्ः
उता गृह मन्त्रालयको उच्च स्रोतले भने यसबारे जानकारी पाउने बित्तिकै सुरक्षा सर्तकता अपनाएको दाबी गरेका छन् । रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘यस बारेमा हामीलाई थाहा पाउने बित्तिकै सुरक्षा व्यवस्थालाई कडा पारेका छौं । यसअघि तिब्बतको विषयमा समाचार आउँदा पनि हामीले सुरक्षा व्यवस्थालाई कडा बनाएकै हो । बाहिर धेरै कुरा ल्याउँदा अझ आतंककारीहरुको मनोबल बढ्ने भएको हुँदा हामीले यसबारेमा आन्तरिक रुपमा तयारी गरेका हौं ।’ उनले आतंकवादीको कुनै पनि हमलालाई निस्तेज पार्नका लागि तयार छौं ।
के आएको थियो समाचारमा ?
भारतीय सञ्चार माध्यममा आतंकवादी संगठन इन्डियन मुजाहिद्दिनले म्यानमारमा मुस्लिमहरुमाथि भएको ज्यादतीको बदला लिनका लागि भारतका बौद्ध धर्मका मठ तथा नेपालमा लुम्बिनीलाई निसाना बनाउन खोजी रहेको समाचार आएको थियो । समाचारका अनुसार भारतीय राष्ट्रिय अनुसन्धान आयोगले विभिन्न क्षेत्रहरमा मुजाहिद्दिनले रेक्की गरेको नक्सा भेटेका छन् । लुम्बिनीबाहेक आतंकवादी संगठनले भारतको बोध गया र उत्तर प्रदेशमा रहेको श्रावस्ती र कुसिनगरमा हमला गर्ने योजना बनाएका छन् । बोध गयामा सन् २०१३ को जुलाई ७ का दिन मुजाहिद्दिनले हमला गरिसकेको छ
लुम्बनीलाई आतकंवादीको थ्रेट‘ हाईअलर्टमा’
news and entertainment

