स्टारहरु जो मृतुको मुख बाट पनि फर्किए

क्यान्सर यस्तो बिराम हो जसको औषधी पनि छैन । यसको उपचार प्रक्रिया धेरै गम्भिर जटिल र लामो हुन्छ । बलिउडमा र हलिउडका सेलीब्रेटीहरु यस्ता पनि छन् जसले यो रोगमाथि जित हात पारेर अहिले नयाँ जीवन पाएका छन् । लिजा रे(मोडेल) १९८७ मा आफ्नो करियर सुरु गरेकी यी नायिकाले सन् २००१ मा फिल्म कसुर मार्फत् बलिउडमा प्रवेश गरेकी थिइन् । उनले त्यो समयमा हलिउडमा काम गरिन् । सन् २००९ मा टोरटो इन्टरनेशनल फिल्म फेस्टिवलको दौरानमा उनलाई मल्टीपल मिलोमा नामक क्यान्सर लागेको घोषणा

गरियो । त्यसपछि उनले आफ्नो ब्लगको माध्यमबाट यस बिरामीसँग जोडिएको अनुभव साट्न थालिन् । सन् २०१० मा स्टेम सेल ट्रान्सप्लान्टपछि उनलाई क्यान्सर मुक्त भएको घोषणा नै गरियो । मनिषा कोइराला(नायिका) सुभाष घइको सौदागार फिल्म मार्फत करियर सुरु गरेकी मनिषाले बलिउडमा महत्वपूर्ण भुमिकाहरु निर्वाह गरेर अलग पहिचान बनाउन सफल भएकी छिन् । उनलाई सन् २०१२ क्यान्सर लागेको कुरा पत्ता लाग्यो । उनले त्यसको डटेर सामाना गरिन् । उनको उपचार न्युयोर्कमा भयो । अहिले नयाँ जीवन बाचिरहेकी छिन् । एंजेलीना जोली (हलिउड नायिका) हलिउडमा सबैभन्दा सुन्दरी भनेर चिनिने अभिनेत्री मानिने एंजिला जोली पछिल्लो साल स्तन क्यान्सर भयो । उनले त्यसबाट बच्न डबल म्यासेक्टोमी पनि गराइन् । उनको आमाको पनि यही कारणले मृत्यु भएको थियो । उनलाई ८७ प्रतिशत क्यान्सर भएको आशंका थरिएको थियो । बारबरा मोरी, मोडेल तथा नायिका मैक्सिकन मोडल बारबरा मोरीले ऋतिक रोशनका साथ ‘काइटस्’ नामक चलचित्रबाट बलिवुडमा कदम राखेकी थिइन् । यसको अलवा उनले कयौं हलिउड फिल्ममा पनि काम गरिन् । उनलाई पनि स्तन क्यान्सर भएको थियो । उपचार गरेर अहिले उनी पनि नयाँ जीवन बाचीरहेकी छिन् । अनुराग बासु, डाइरेक्टर ‘मर्डर’ नामक चलचित्र बनाएपछि अनुराग पिता बन्न लागेका थिए । तर त्यही बेला उनलाई ल्युकेमिया भएको थाहा भयो । डाक्टरहरुले पनि यसमा बाँच्ने सम्भावना ५०–५० प्रतिशत हुन्छ । एक समय उनको स्वास्थ यति खराब भएको थियो कि उनलाई भेन्टिलेटरमा समेत राख्न परेको थियो । अहिले डाक्टरहरुको मद्दतले उनले बिरामीलाई हराउन सकेर खुसी साथ जीवन बाँची रहेका छन् । मुमताज, नायिका ‘सोने कि चिडियाँ’ बाट बालकलाकारका रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी मुमताजले राजेश खन्नासँग कयौं हिट चलचित्र दिएकी छिन् । तर, ५४ वर्षको उमेरमा उनलाई स्तन क्यान्सर लागेको थाहा भयो । केमोथेरापीको जटिल उपचार प्रक्रियाबाट डटेर गुज्रेर अहिले रोग मुक्त भएकी छिन् ।

, , ,

news and entertainment