शल्यक्रिया गरी डाक्टरले झिके शरिरबाट ४२ ओटा मोती

ढाडको दुखाइको उपचार भन्दै एउटा चिनिया मानिसको शरिर राखिएको ४२ ओटा मोतिहरु शल्यक्रिया गरि निकालिएको छ । चीनको हुनान प्रान्तका त्यस ६१ बर्षिया मानिसले कैयौ बर्ष देखि ति मोतीहरु आफ्नो ढाडको पिडा कम गर्न सरिरमा राखी आएका थिए ।
 pearls-removed-from-body

हुनान प्रान्तको नियालुन अर्थोपेडिक अस्पतालका डाक्टरले ति मानिसको कम्मर , खुट्टा इत्यादि अंगहरुबाट ति मोतिहरु सल्यक्रिया गरि निकालेका थिए । जाउ थर गरेका त्यस मानिसले आफ्नो सरिरमा धेरै समय देखि दुखाइ भएपछि आफ्नो एक साथीको सल्लाह अनुसार शरिरमा ति मोतीहरु शरिरको छाला मुनि गाडेका थिए।


आफ्नो एक आफन्त त्यस्तै प्रकारको उपचार प्रणालीपछि ठिक भएको देखेपछि जाउले पनि आफ्नो शरिरमा दुखाइबाट राहत आपुना ४२ ओटा मोतीहरु राखेका थिए । तर जाउले एक्कासी गत बर्षबाट खुट्टामा दुखाइ महसुस गर्न थालेपछि उपचारका क्रममा दुखाईको कारण त्यहो मोति भएको चाल पाए । यस संगै जाउले आफ्नो खुट्टाको दुखाइ कम गर्न शरिरमा राखेका ४२ ओटा मोतिहरु शल्यक्रिया गरि निकालेका छन् । -(एजेन्सीको सहयोगमा)

, ,

news and entertainment