मन्त्री छनोटप्रति रामचन्द्र पौडेलको असहमति

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मन्त्री छनोटमा आपत्ति जनाएका छन् । मन्त्रीको सूचीमा जातीय, क्षेत्रीय र लैगिक असन्तुलन भएको भन्दै पौडेल संसदीय बोर्डको बैठकबाट बाहिरिएका छन् ।

स्रोतका अनुसार महिला र मधेसी समुदायको सहभागिता कम भएको तथा मध्यपश्चिमको शून्य भएको भन्दै पौडेलले आपत्ति जनाएका हुन् । ‘व्यक्तिमा विरोध होइन तर, कुनै क्षेत्रबाट दुई जना, कतै निल हुन भएन’ पौडेलको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
पौडेलले आदिवासी जनजाति, दलित, मधेशी सबै समूदायको प्रतिनिधित्व हुने गरी मन्त्री बनाउनु पर्ने अडान समेत बैठकमा राखेका थिए ।
पौडेलले बैठकमा पार्टीका तर्फवाट कम्तिमा दुई महिलालाई मन्त्री बनाउनु पर्ने भनाई राखेका थिए ।  ’महिलाको प्रतिनिधित्व ३३ प्रतिशत गराउनु पर्ने माग उठिरहेको छ । यस्तो अवस्थामा एक महिला नेतृलाईमात्रै मन्त्रिमण्डलमा सहभागी गराउँदा महिलाको सहभागितामाथि नै प्रश्न चिन्ह उठ्छ, बैठकमा पौडेलले भनेको भनाई उद्रित  गर्दै स्रोतले भन्यो ।’
स्रोतका अनुसार संस्थापन पक्षवाट महामन्त्री प्रकाशमान सिंह, नेता महेश आचार्य, डा. नारायण खड्का, नरहरि आचार्य र पद्यनारायण चौधरीलाई मन्त्री बनाउने तयारी गरेको छ । रामशरण महतले प्रधानमन्त्रीसँगै विना विभागीयमन्त्रीको रुपमा सपथ लिइसकेका छन् । यद्यपि आचार्यको विकल्पमा डा. मिनेन्द्र रिजाल र चौधरीको विकल्पमा फर्मुला मनसुरको नाममा पनि छलफल भइरहेको छ ।
वरिष्ठ नेता शेरवहादुर देउवा पक्षले भने पूर्व महामन्त्री विमलेन्द्र निधी, कोषाध्यक्ष चित्रलेखा यादव, एनपी साउद र टेकराज गुरुङलाई पठाउने पक्का जस्तै छ ।
www.onlinekhabar.com

,

news and entertainment