कसरि गरे प्रहरीले क्रिकेट टोलीलाई सम्मान

काठमाडौं, चैत्र १० । ट्वेन्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल प्रहरीले सम्मान गरेको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाली टिमका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुलाई उपहारसहित सम्मान गरेका हुन् ।

सो अवसरमा नेपाली टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट र समग्र खेलकुद धेरै माथिसम्म पुग्ने सभावना भएकोले सबैको ध्यान त्यसतर्फ जानुपर्ने बताए ।

यसैगरी, प्रहरी महानिरीक्षक अर्यालले नेपाली खेलकुदको विकाश, विस्तार र खेलाडीहरुको सम्मानमा आफ्नो संगठन सधैं लागिरहने बताए ।

सम्मानअघि नेपाली टोलीलाई नेपाल प्रहरीको ब्याण्ड बाजासहित त्रिपुरेश्वरस्थित दशरथ रंगशलादेखि नेपाल पुलिस क्लब भृकुटीमण्डपसम्म परिक्रमा गराइएको थियो ।

, ,

news and entertainment