हङकङद्धरा बंगलादेशलाई १०९ रनको चुनौती प्रस्तुत

बंगलादेशमा जारी आइसिसी विश्व-ट्वान्टी खेलमा बलियो प्रतिद्धन्द्धि बंगलादेशलाई हङकङले १०८ रनमै रोकेको छ। टस हारेर पहिला ब्याटिङमा आएको घरेलु छोलि बंगलादेश हड्डकङको उत्कृष्ट फिल्डिङसामु निर्धारित २० ओभरको खेलमा १६.३ ओभर खेल्दै १०८ मा अल आउट भयो।
बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा हङकङका नादेम अहमदले सर्वाधिक ४ विकेट लिए। यस्तै निजाकात खानले ३ तथा तानबीर अफ्जालले २ विकेट लिए भने इरफान अहमदले १ विकेट लिएका थिए।
बंगलादेशका लागि साकिम अल हसनले सर्वाधिक ३४ रन बनाएका थिए।यस्तै अनमुल हकले २७ तथा कप्तान मुसाफिरले २३ रन बनाएका थिए। बंगलादेशका लागि नासिर हसनले अभिजित १४ रन बटुले।
आजको खेलमा हङकङले बंगालदेशलाई हराए नेपाल सुपर टेनमा पुग्ने सम्भावना रहेको छ। हङकङले अब १३.२ ओभर भित्रै विजयी लक्ष्य भेट्टाएमा नेपाल सुपर ८ मा पुग्ने छ। 

,

news and entertainment