सभासद जितेन्द्र यादवले आफनो एक महिनाको तलब मुखियालाई दिने

नेपाली काग्रेसका नेता तथा रौतहट ५ वाट निर्वाचित सभासद सुनिल यादवले  किक्रेट खेलाडी जितेन्द्र मुखियालाई आफूले पाउने एक महिनाको तलब सबै दिने बताएका छन् । बिहीबार अफगानिस्तानबिरुद्ध उत्कृष्ट बलिङ गर्दै म्यान अफ द म्याच भएका नेपाली युवा मुखियालाई अफगानस्तान बिरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै उक्त सहयोगको घोषणा गरेका हुन्।
 
सभासद यादवले गृह जिल्ला रौतहटका मुखियाले २०-२० खेलमा पहिलो पटक अफगानस्तानलाई हराउने क्रममा ४ ओभर बलिङ गर्दै १८ रन दिएर ३ विकेट लिएका थिए।
 
सभासद यादवले मुखियाले रौतहटबासी मात्र नभएर समस्थ नेपालीलाई खेल मार्फत जिल्लाको प्रतिष्ठा बढाएकोमा प्रोत्साहन स्वरुप सानो सम्मान गर्न लागेको बताए।

,

news and entertainment