विश्वका सुन्दरीले नेपालको र्याम्प नाप्ने
ईप्लानेट नामक संस्थाले पहिलो पटक नेपालमा अन्रराष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । इप्लानेटले ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृती, पर्यटन प्रवर्द्धन तथा सम्वर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पहिलोपटक अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको हो ।
ईप्लानेटले यसै वर्ष ‘मिस हेरिटेज इन्टरनेशनल’ गर्ने पक्का भएको छ । जिम्वाबेको सिपिती मिडियाले आयोजना गर्दै आएको यो प्रतियोगिता पहिलोपटक नेपालमा आयोजना गर्ने जिम्मा इप्लानेटले पाएको हो । यसको पांचौ संस्करण गत वर्ष चिनमा भएको थियो । ‘मिस हेरिटेज इन्टरनेशनल’ युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धनका लागि हुँदै आएको छ ।
प्रतियोगितामा आयोजक मुलुक जिम्वाबे, इटाली, भारत, इजिप्ट, रसिया, मकाउ, लाटिभिया, घाना, इस्टोनिया, न्युजिल्याण्ड, कोरिया, इक्वेडर, साउथ अपि|mका, स्वीडेन, स्लोभेनिया, फिनल्याण्ड, बहामास, जाम्बिया, बोस्टोना, सिरीया लियोन, मालि, मालवाई, तान्जिनीया, मरिसस, लेसोथो, भेनेजुयला लगायत ३० भन्दा बढी मुलुकले सहभागीता जनाउने बताइएको छ । प्रतियोगिताको तयारीका लागि जिम्वाबेस्थित मुख्य आयोजक कम्पनी सिपिती मिडियाको टोली काठमाडौं आउँदैछ ।