मृत्युदण्ड दिएको सात बर्षपछि लण्डनमा सद्दाम हुसेन आतंक

२०७० चैत १७ गते
सात बर्षअघि मृत्युदण्ड दिएपछि सद्दाम हुसेन इराकबाट मात्र हैन यो संसारबाटै हराइसके । सद्दामलाई समाप्त गर्नुमा अमेरिकी र बेलायति गठवन्धनको महत्वपूर्ण भूमिका थियो ।
तर, लण्डनका शासकको नाकैमुनी अझै सद्दाम अस्तित्वमा छन भन्ने सुन्दा तपाई अचम्ममा पर्न सक्नुहुन्छ । यी मृत सद्दामले त्यहाँको पुलिस र प्रशासनलाई हावाकावा खेलाइसकेका छन् ।
उत्तर पश्चिम लण्डनको एक लेबनानी रेष्टुराँमा सद्दाम हुसेन ग्राहकलाई स्वागत गर्न ढोकैमा तैनाथ छन, बाटो हिड्ने बटुवाले पनि सद्दामको दर्शन पाउँछन् ।
आयाद अल–हमदानले आफ्नो रेष्टुराँ ‘दिस इज इट’को झ्यालमा सद्दाम हुसेनको ठूलो पोष्टर राखेका हुन् । यो पोष्टरका कारण उनको रेष्टुराँ शरहमै चर्चित बन्यो । संचालकको यो शैलीलाई ‘राजनीतिक प्रतिरोध’को संज्ञा दिँदै प्रहरी र सरकारी अधिकारीहरुले सद्दाम तस्वीर हटाउन आग्रह गरेपनि उनले मानेका छैनन् ।

लण्डनको हरो काउन्सिलका नेता शुशन हलले रेष्टुराँमा पुगेर तस्वीर हटाउन आग्रह गरे । तर, मालिकले यो काउन्सिलको विषय नभएको भन्दै तस्वीर राख्नु आफ्नो स्वतन्त्रता भएको जवाफ दिए । प्रहरी पनि तस्वीर हटाउने आदेश दिन आइपुग्यो । तर, साहुजीले काउन्लिसका नेतालाई जस्तै खरो जवाफ दिएर फर्काए ।
सैनिक पोशाकमा सजिएका सद्दामको तस्वीर रेष्टुराँको झ्यालमा राखिएको छ । आयाद भन्छन्– ‘म चाहन्छु मानिसहरुले यसलाई देखुन् । मैले उनीहरुलाई भनेको छु म अदालत जान तयार छु तर तस्वीर हटाउँदिन ।’


,

news and entertainment