पारसको कार्यक्रममा निशाको अर्थहिन उपस्थिति
स्थान : मेगा पार्टी प्यालेस, बसुन्धरा
बिषय : ‘फिटकिरी’ को क्रिकेटरलाई सम्मान
पात्र : नायिका निशा अधिकारी
देखियो यस्तो :
काठमाण्डौमा चैत्र महिना लागिसक्दा पनि नघटेको जाडोले धेरैलाई आजित बनाएको हुनसक्छ । तर महिला सेलेब्सका लागि जाडो र गर्मीले खासै भिन्नता राख्दैन । किनकी, उनीहरुको पहिरन सधै अपिलिङ हुन्छ ।
‘फिटकिरी’ चलचित्रको निर्माण यूनिटले नेपाल र अफगानिस्तान विचको खेलमा छक्का, चौका र विकेट लिने खेलाडीका लागि आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम केही सिमित पत्रकार र चलचित्रकर्मीको घेरावन्दीमा सिमित थियो ।
सिनेमाकै नायिका भएकाले दीया मास्के र उनको पहिरनमा मिडियाका क्यामेरा तेर्सिनु स्वभाविक नै हो । अपेक्षा अन्य कलाकारको भन्दा पनि क्रिकेटरको थियो । तर रेड कार्पेटमा एकाएक उपस्थित भएकी हट हिरोइनले, धेरैको दिमागलाई खलबलाइदिइन् ।
उनको आगमन किन र केका लागि ? प्रश्न सोझिए, कौतुहलता जन्मिए । केही दिन अघि मात्र ‘फिटकिरी’ हेर्न नेपाली क्रिकेट टिमका चर्चित ब्याट्सम्यान शरद भेष्वाकरसँग उनी पुगेकी थिइन् । सम्बन्धका चर्चाले मिडियामा बहस छेडेको थियो । यसकारण पनि उनको आगमन गसिप र सम्बन्धको बिचमा जोडियो ।
कार्यक्रम हलको निक्कै पछि उनी गएर बस्दा शरदका आँखाहरु पनि चलमलाए । तर मिडियाको चालले उनलाई र शरदलाई चलमलाउन दिएन । आखिर उनी किन र केका लागि आइन्, पत्तो कसैले पाएन । सम्मान कार्यक्रममा थपडी भन्दा पनि मोबाइलमा आफ्नै फोटो खिच्न व्यस्त थिइन्, देशकै एक अपिलिङ सेलेब्स ।
उनी चलचित्र भित्रकी कलाकार होइनन् । न त उनलाई आयोजकले कुनै पुरस्कार वितरयणको जिम्मा नै दियो । थपडी बजाउन पनि उनले कन्जुस्याई गरिन् । आखिर क्रिकेटको फ्यान भएकै नाताले देशकै एक चर्चित नायिकाको उपस्थिती कार्यक्रममा भएको थियो, कानेखुशी चल्यो ।
तर पारस खड्का चम्केको ठाउँमा निशाको हट अवतारले पनि काम गरेन । धेरैले यसलाई नेपाली सिनेमाका सेलिब्रेटीको घट्दै गएको स्टारक्रेजको रुपमा विश्लेषण गरे । पारसले सेलिब्रेटीहुडको मैदानमा छक्का मार्दै गर्दा निशा पेभेलियन फर्केका निराश खेलाडी जस्तै देखिएकी थिइन् ।
- See more at: http://www.onlinekhabar.com
