फेसबुकले विश्वमा नै इन्टरनेट सुविधा दिने
सोशल नेटवर्किंग साइट फेसबुकले संसारका सुन्दर ठाउँहरुमा इन्टरनेट सुविधा दिने भएको छ। यसको लागि फेसबुकले स्याटलाइट, ड्रोन र अन्य प्रविधिको सहयोग लिने भएको छ।
नासाको जेट प्रपल्शन ल्याव र अन्य रिसर्च सेन्टर्सका अन्तरिक्ष र कम्युनिकेशन एक्सपर्टहरु उनको यो नयाँ प्रोजेक्टमा काम गरिरहेका छन। उनको यो नयाँ प्रोजेक्टको नाम भने 'केनक्टिभिटि ल्याब' राखिएको छ।
फेसबुकका मालिक मार्क जुगरबर्गले आफ्नो फेसबुक पोष्टमा लेखेका छन, "फेसबुकको कनेक्टिभिटि ल्याव, ड्रोन, स्याटलाइट तथा अन्य प्रविधि विकसित गर्नको लागि काम भईरहेको छ, जसले गर्दा सबैलाई इन्टरनेट सुविधा उपलब्ध होस्।"
जुगरबर्ग अझै लेख्छन, "internet.org को पार्टनरसिपको माध्यमबाट हामी इन्टरनेट संसारभर पुर्याउनेछौं तर हामीलाई नयाँ प्रविधि विकसित गर्नुपर्ने आवश्यकता भने हुन्छ।"
फेसबुकले सौर्य उर्जाबाट चल्ने ड्रोन र स्याटलाइटको माध्यमबाट संसारका हरेक कुनामा इन्टरनेट पुर्याउने र आकासमा उडान भरिरहेका एयरक्राफ्ट्सको माध्यमबाट अदृष्य लेजर बिम पनि छोड्ने योजना बनाएको छ। जसले इन्टरनेट स्पिड बढाउन सहयोग गर्छ.
