परीक्षा दिन जाँदा बाटामै बच्चा जन्मियो

चैत, बाजुरा। यस जिल्लाको ब्रह्मतोला गाविसस्थित पशुपति उच्च मावि परीक्षा केन्द्रमा आज गणित विषयको परीक्षा दिन आएकी एक छात्राले बच्चा जन्माएकी छिन् ।

परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि परीक्षाकेन्द्र जाने बाटोमा १५ वर्षीया कल्पना बुढाले छोरा जन्माएको परीक्षा केन्द्रका अनुगमनकर्ता तुला थापाले जानकारी दिनुभयो ।

कैलाशमाडौँ–१ जारागाउँ बस्ने कल्पना बडिमालिका मावि पन्धारामाबाट एसएलसी परीक्षामा सहभागी भएकी हुन् । बच्चा पाएलगतै उनलाई बोकेर परीक्षा केन्द्रमा लगिएको प्रहरीले बताएको छ ।

कल्पनाले तीन घण्टासम्म परीक्षा दिएको परीक्षा केन्द्रले जनाएको छ ।
छोरा जन्माएकी कल्पना अविवाहित रहेको बताइएको छ । उनले जन्माएको बच्चा कसको हो भन्ने कुनै जानकारी खुल्न नआएको प्रहरीले बताएको छ । रासस

,

news and entertainment