नेपाल आएर सन्नीले के के भनिन हेर्नुहोस

क्यानेडियन पोर्नस्टार सन्नी लिओन नेपाल आएकी छिन् । व्यापारिक कार्यक्रमका सिलसिलामा नेपाल आएकी उनी आइतबार दिउँसो मुम्बईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झरेकी थिइन् । श्रोतका अनुसार उनी ‘इन्टरप्रेनर्स अर्गनाइसेसन् अफ नेपाल’ ले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउन आइपुगेकी हुन् । आइतबार बेलुकी नै उनले सोल्टी होटलमा आयोजित कार्यक्रममा भाग लिएकी थिइन् ।

सोल्टी होटलमा नै बसिरहेकी उनी मंगलबार फर्कदैछिन् । आइतबार साँझ सोल्टी होटलमा आयोजित ‘जीवनका अनुभव’ नामक अन्तरक्रियात्मक कार्यक्रममा उनले जीवनका अनुभव सुनाएकी थिइन् । होटल स्रोतका अनुसार उनी रहेको कोठा जारा सिंहको नाममा बुक गरिएको छ ।
sunny leone hot
नेपाल आउनुअघि उनले ट्वीटरमा नेपालबारे लेखेको ट्वीट पढेपछि उनलाई भेट्न नेपाली फ्यानहरु एयरपोर्टमा पुगेका थिए । ‘आज नेपाल जा“दैछु । थोरै काम र त्यसपछि मस्ती ’ ट्वीट गरेर उनले नेपाल भ्रमणबारे औपचारिक जानकारी गराएकी थिइन् । उनी श्रीमान डेनियल सहित राजधानी आएकी छिन् । गोप्य मानिएको उनको भ्रमणबारे आयोजकले धेरै कुरा नबोल्ने बताए । ‘उनी नेपाल आएकी हुन् । तत्काल कोहीसँग भेटघाट गर्ने कार्यक्रम नभएकाले केही जानकारी गराउन सक्दैनौं,’ आयोजकका हेमन्त गोल्छाले भने ।

‘जिस्म–२’ बाट हिन्दी फिल्ममा डेब्यु गरेकी उनको ‘रागिनी एमएमएस २’ रिलिज भइरहेको छ । हाल उनी ५५ हजार तीन सय ५० प्रतिदिन पर्ने चार सय ४७ नंम्बरको कोठामा बसेकी छिन् । नेपालमा ‘रागिनी एमएमएस २’ वितरण गरिरहेको दर्शना आर्टस्ले सोमबार सञ्चारकर्मीसँग भेटघाट गराउने तयारी गरिरहेको छ ।

, ,

news and entertainment