अर्का विमानस्थल प्रहरी प्रमुख पनि कारबाहीमा

अध्यागमन विभागको गम्भीर लापरबाहीले घटना लुकाएको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख कारबाहीमा परेका छन्।
अध्यागमन कर्मचारीको लापरबाहीबारे संगठन प्रमुखलाई नै जानकारी नदिएको कारण विमानस्थल प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआईजी) गोपाल भण्डारी कारबाहीमा परेका हुन्।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले डिआईजी भण्डारीलाई कारबाहीस्वरुप सोमबार सरुवा गरेका छन्। समयमै प्रमुखलाई जानकारी नगराएको भन्दै प्रहरी प्रधान कार्यालयले विमानस्थल सुरक्षा गार्डलाई प्रमुख भण्डारीलाई प्रधान कार्यालय सरुवा गरेको हो। भण्डारीले उनलाई सरुवा गरी उनको ठाउँमा अर्का डिआईजी यादव अधिकारीलाई पठाइएको छ।
आजको राजधानीमा खबर छ।

,

news and entertainment