म्यारीज खेल्ने तरिका
दशैँ तिहारलाई तासको मौसम पनि भनिन्छ | ५२ पत्ती तासमा ५३ खेल हुन्छ भन्ने उखान नै छ | तर ती ५३ खेल नै जान्ने खुबी सबैमा हुन्छ भन्ने छैन | तासका बिभिन्न खेल मध्ये एकै नामका खेल पनि ठाउँ अनुसार भिन्नै नियममा रही खेलिने हुँदा कहिले कहिँ यसकै निहुँ विवाद उत्पन्न भएको पनि सुनिन्छ | जसले अकल्पनीय दुर्घटना समेत निम्तिएको समाचार सुन्नमा आउँछ | तास खेल्ने लाई जति रमाइलो हुन्छ त्यति हेर्नेलाई हुँदैन भन्नेहरु पनि भेटिन्छन् | जान्ने ले त साथी जुटाएर खेल्छन नजान्नेले हेरेर मनोरन्जन लिने नै हो | तर तास खेलेको हेर्न पनि खेलको नियम जान्ने बुझ्नेलाई जति रमाइलो अरुलाई हुँदैन |
पहिले “पप्लु” भनिने तासको एक प्रकारको खेललाई विकसित स्वरुपमा “म्यारिज” नामले चिनिन्छ | दशैँ तिहारको रौनकमा हिजो आज म्यारिजमा भुल्ने को संख्या अधिक छ | पुरुष मात्र होइनन् अहिले किशोरकिशोरी देखि महिला आमा दिदिबहिनिहरु समेत म्यारिज खेल्न अघि सर्छन् | पारिवारिक मज्जाक अलवा पैसाको आदानप्रदान समेत हुने यो खेल लामो बसाइमा खेलिने हुँदा समय बितेको समेत मतलब गरिदैन | दशैँ बिदाको लामो छुट्टी म्यारिजमा नै बिताउने कतिपय मानिसहरु पनि हामीले देखेकै छौं होला |
के हो त म्यारिज ?
पप्लुको विकसित रुपलाई म्यारीज मानिन्छ | चाडवाडदेखि काजक्रियासम्म, मेलापात वा पढाईबाट निकालिएको फुर्सदको समयमा, रुद्री वा पुराण लगाएको घरमा वा जागीरे वा बेरोजगार, मन्त्री वा सचिव सबैले रुची राख्ने म्यारिजको नियम ठाउँ अनुसार फरक हुन सक्छ | म्यारिजको प्रचलित नियम ठाउँ अनुसार फरक हुन् सक्ने भए पनि समग्रमा अधिकांश नियम मिल्छन् | यहाँ हामीले उल्लेख गर्न लागेको म्यारिज नियम अधिकारिक नियम भने होइन | यो नियमलाई म्यारिज खेलको एक आधार मात्र मान्न सकिन्छ | गत बर्ष २०७० मा xneplai.com ले तयार परेको म्यारिज सम्बन्धि एक नियमावली हामी यहाँ प्रकाशन गर्दैछौं |
