हराइरहेको विमान अन्डमाण्डमा उडिरहेको तस्बिर सार्बजनिक

झण्डै दुई सातादेखि बेपत्ता रहेको मलेसिया एयरलाइन्सको एमएच ३७० विमान थाइल्याण्डको सेनाले आफ्नो रडारमा देखिएको जनाएको छ । तर रडारमा देखिएको उक्त विमानबारे अधिकारीहरुले चासो नदिएकोले थप जानकारी लिन नसकिएको सेनाले जनाएको छ । मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङका लागि गत मार्च ८ मा उडेको विमान एक घण्टा वित्न नपाउँदै बेपत्ता भएको थियो । विमानको खोजीमा अहिले २६ मुलुक लागि परेका छन् |
अन्डमाण्ड नजिकैबाट उडिरहेको विमानको तस्बिर..
अन्डमाण्ड नजिकैबाट उडिरहेको विमानको तस्बिर..
मलेसियाली सेनाको रडारबाट बेपत्ता भएको केही क्षणमै विमान थाइल्याण्ड सेनाको रडारमा देखिएको थाइल्याण्डका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।थाइल्याण्ड सेनाका प्रवक्ता मोन्टोल सुचुकोनले विमान स्ट्रेट अफ मलाक्का नजिक रहेको बेला रडारमा देखिएको जानकारी दिए ।

७० लाख वर्ग किलोमिटर क्षेत्रमा विमान खोज्दा पनि अहिलेसम्म विमान फेला पर्न सकेको छैन । यो क्षेत्रफल अष्ट्रेलियाको क्षेत्रफलसँग बराबर हो ।भारत हैदरावादका एक इन्जिनियरले आफूले स्याटेलाइटमार्फत एमएच ३७० विमान देखेको भन्दै तस्बिरसमेत सार्वजनिक गरेका छन् ।

२९ वर्षीय अनुप माधव योग्गिनाले अन्डमाण्ड नजिकैबाट उडिरहेको विमानको तस्बिर सार्वजनिक गरेका हुन् । उक्त तस्बिरमा विमानको छाँयासमेत देखिएकोले विमान कम उचाइमा उडिरहेको हुन सक्ने ती इन्जिनियरले बताएका छन् ।

,

news and entertainment