विश्वभरका १ सय २ देशका इजरायली राजदूत धर्नामा
१३ चैत, काठमाडौं । इजरायली राजदूत हनान गोडर धर्नामा बसेका छन् । इजरायली अर्थ मन्त्रालयले आफ्ना विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत राजदूत तथा कर्मचारीलाई बदलिँदो समयअनुसार पारिश्रमिक भत्तालगायत सुविधा उपलब्ध नगराएको विरोधमा संसारभरका इजरायली दूतावासमा धर्ना सुरु भएको छ ।
धर्नाबारे सङ्क्षिप्त जानकारी दिँदै गोडरले विश्वभरका १ सय २ देशमा रहेका एक हजारभन्दा बढी कूटनीतिक कर्मचारीहरू धर्नामा बसेका छन् ।
उनले आफूहरूको धर्नाका कारण सेवाग्राहीले प्रवेशाज्ञालगायत सेवा दिन नसकेकामा खेद प्रकट गरे साथै उनले आफ्ना मागहरू सम्बोधन नभएसम्म धर्ना जारी रहने बताए ।
