क्यान्सर पिडित प्रचण्डपुत्री ज्ञानुको मृत्यु
काठमाडौं,चैत१३–प्रचण्डकी सुपुत्री ज्ञानु केसी दाहालको उपचारको क्रममा बिहिबार मृत्यु भएको छ । लामो समयदेखि स्तन क्यान्सरबाट पिडित उनको राजधानीको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी ३९ वर्षकी थिइन् ।
दुई छोरीकी आमासमेत रहेकी केसीको भारतको फोटिक्स अस्पताल नोयडामा स्तन क्यान्सरको उपचारका लागि लगिए पनि उपचार सम्भव नभएपछि उनलाई केही समयअघि मात्रै नेपाल फर्काइएको थियो । उनी केही दिनदेखि ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएकी थिइन् । उनमा केहि वर्षअघि मात्रै क्यानसरको संक्रमण भएको पत्ता लागेको थियो
प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनको आजै दुइ बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
