अमेरिकासँग लड्नको लागि उत्तर कोरियाले सैन्यशक्ति बढाउने

१४ बैशाख, सोल । उत्तर कोरियाका नेता किम जोंग उनले सेनालाई धेरै शक्तिशाली बनाउने कुरालाई अगाडि बढाएका छन। जसको कारण अमेरिकासँग लड्न सकोस्। किमको यो बयान अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियालाई दिएको चेतावनीपछि आएको हो।
स्रोतका अनुसार किमले सेन्ट्रल मिलिट्री कमिशनको बैठकमा कोरियन पिपल्स आर्मीलाई अझै शक्तिशाली बनाउने कुरा गरेका छन। किमले उत्तर कोरियामा सेनाको गौरवशाली ईतिहास रहेको र यसलाई अझ बढाउनु पर्ने बताएका छन ।
 शनिवार मात्र सक्षिण कोरिया पुगेका ओबामाले भनेका थिए, अमेरिका बिना कारण कुनै देशमा आफ्नो सैनिकबल प्रयोग गर्दैन र दक्षिण कोरियालाई नोक्सानबाट बचाउनलाई भने सैन्यबल प्रयोग गर्न चुक्ने छैन।

,

news and entertainment