रियललाई कोपा डेल रे कपको उपाधि
एजेन्सी, वैशाख ४ - कोपा डेल रे कपको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको फाईनलमा चिर प्रतिद्वन्दी बार्सिलोनालाई २–१ ले पराजित गर्दै उपाधि माथि कब्जा गरेको हो । एन्जेल डि मार्ताको गोलबाट अग्रता लिएको रियलका लागि ग्यारेथ बेलले ८५ औँ मिनेटमा निर्णायक गोल गरे । बार्साका लागि एक मात्र गोल मार्क बात्र्राले फर्काए । चार वर्षको अन्तरमा aरियालले कापा डेल रे को उपाधि यो दोस्रो पटक जितेको हो ।
