अचम्मै भो ! टाउकोमा चोट लागेपछि जिनिएस

काठमाण्डौ, १० वैशाख । कुनै फिल्ममा हिरोलाई टाउकोमा चोट लाग्दा उसले पुरानो कुरा बिर्सने गरेको हुन्छ । कुनै कुरा सम्झन नसकेपछि उनीहरु विचतिल भएको पनि देखाइन्छ । दुर्घटनामा परेको धेरै जसोको दिमागले राम्रोसँग काम गर्दैन । तर दुर्घटनामा परी एक व्यक्ति होसमा आएपछि जिनिएस भएका छन् ।

यो कथा हो एक कलेज ड्रप आउट भएका जैसन पिरेटको । १२ वर्ष अघि ३१ वर्षको हुदाँ जैसनले बाबु आमासँग मिलेर फर्निचरमा काम गर्थे । एक रात वासिङटनमा भएको झगडा उनले नराम्रोसँग पिटाइन्छन् । गम्भिर चोट लागेका जैसनलाई हस्पिटलमा लगिएको थियो ।

हस्पिटलमा उपचारपछि उनको जीवनमा ठुलो परिवर्तन ल्यायो कुनै समय कलेजबाट निकालिएका जैसनलाई फिजिस्स र गणितमा निकै चलाख भेटिए । पछि मेडिल टिमले अध्ययन गर्दा उनमा सेबेट सेन्ड्रोम भेटिएको थियो ।

यस्तो खाले सिन्ड्रोम विश्वमा जम्मा ४० जना मानिसहरुमा मात्र रहेको छ । यो सिन्ड्रम जसमा हुन्छ सामान्य मानिसमा नयाँ खुबी देखा पर्छ । जस्तै शिक्षा, संगीतमा ।

जैसनले एउटा किताब लेखेका छन् ‘स्ट्रकबाई जिनिएसःहाउ अ ब्रेन इन्जुरी मेड मि म्याथमेटिकल मार्वल’ । यो सिन्ड्रोम हुनेलाई फाइदाका साथसाथै बेफाइदा पनि छ । पहिला साथीहरुसित रमाइलो गर्ने जैसन हाल एक्लै बस्ने गरेका छन् ।

४३ वर्षिय जैसनले विभिन्न खोज गरिरहेका छन् । जैसनले हरेकमा केही खुबी हुन्छ तर त्यो लुकेर बसेको हुन्छ भनेका छन् ।

, ,

news and entertainment