रणबीरको साथमा सधैँ हुन्छ कण्डम, अरुलाई पनि दिए सल्लाह

एजेन्सी)–यौनको बारेमा खुलेर कुरा गर्ने समय अहिले पनि हाम्रो समाजमा छैन । एक आपसमा खासखुस कुरा गरेपनि मानिसहरु यसको बारेमा खुलेर कुरा गर्न हिच्किचाउँछन् तर बलिउडका हिरो रणबीर सिंहलाई भने यस्तो कुरामा केहि संकोच नलागेको उनी बताउँछन् त्यसकारण बलिउड फिल्म इण्डष्ट्रिमा ए वान हिरो भएता पनि उनले कण्डमको विज्ञापन गरेका छन् । उक्त विज्ञापनको बारेमा उनले भने, ‘मलाई जहिले पनि केहि अलग गर्ने मन थियो । त्यस्तो कुरा जसको केहि उद्देश्य होस् । यद्यपी मैले यो सोचेको थिइनँ कि म जे गर्छु त्यो अरुको नजरमा बोल्ड हुनेछ ।’ के पुरुषको साथमा सधैँ कण्डम हुन्छ त भन्ने प्रश्नमा उनी भन्छन्, ‘मसँग त सधैँ हुन्छ । यदि कोही मानिसहरु राख्दैनन् भने उनीहरुले पनि यस्तै गर्न जरुरी हुन्छ ।’ आफूलाई सेक्स सिम्बोल मान्नमा कुनै पनि समस्या नरहेको उनी बताउँछन् । कण्डमको विज्ञापनको लागि सम्पर्क गर्ने बित्तिकै एकै पटक हुन्छ भनेका सिंह भन्छन्, ‘वास्तमा भन्नुपर्दा मैले यो प्रस्ताव सुन्नेबित्तिकै हुन्छ भनेको थिएँ । मैले पहिलादेखि नै सोचिरहेको थिएँ कि म त्यो उत्पादनको विज्ञापन गर्छु जसमा म आफैँ विश्वास गर्छु । मलाई लाग्छ कि म युवाहरुसँग जोडिएको छु र यो विज्ञापनको सहायताले म उनीहरुमा जागरुकता ल्याउन सक्छु । ’ यौन सम्बन्धको बारेमा खुलेर कुरा गर्न रुचाउने उनी भन्छन्, ‘यौनको बारेमा कुरा गर्दा कुनै प्रकारको लाज मान्नुपर्ने कुरा म देख्दिनँ । यसमा खुलाररुपमा कुरा गरेर योसँग सम्बन्धित स्वास्थ्यको चर्चा हुनुपर्छ र यो विषयमा जागरुकता ल्याउनुपर्ने आवश्यकता छ ।’ ranbir shingh

,

news and entertainment