यसरी फंस्यो २ वर्षको बच्चा वाशिंग मेशिनमा, घण्टौं लाग्यो निकाल्न

मेशिन वा कुनै पनि सामान प्रयोग गर्दा होशियारी साथ गर्नुपर्ने हुन्छ। वाशिंग मेशिन प्रयोग गर्दा झन सावधानी अपनाउनु पर्ने भएको छ। वाशिंग मेशिन बच्चाको लागि झन खतरनाक हुन सक्छ। चीनको नानजिंग शहरमा यस्तै एक घटना घटेको छ। एक दुई वर्षको बच्चा वाशिंग मेशिनमा यसरी फस्यो कि उसको जीवन नै खतरामा पर्यो। जानकारी अनुसार एक २ वर्डको बच्चा त्यतिबेला आफ्नै घरको वाशिंग मेशिनमा फस्यो जति बेला ऊ वाशिंग मेशिनमा खसेको खेलौना निकाल्नको लागि मेशिनमा चढ्यो। मेशिनको ड्रायर सेक्सनमा चढ्दा उसको खुट्टा चिप्लियो र त्यही नै खुट्टा फस्यो। बच्चा यस्तो तिकाले फसेको थियो कि घरका मानिसले निकाल्न नसकेर फायर फाइटरलाई नै बोलाउनु परेको थियो। फायर फाइटर बोलाउदा पनि उक्त बच्चा निकाल्न सजिलो थिएन। बच्चालाई सुरक्षित निकाल्नको लागि मेशिनको हाइड्रोलिक पाइलर्सलाई आरीको मद्दतबाट काटिएको थियो। यसरी फायर फाइटरको प्रयासपछि बच्चालाई आधा घण्टा पछि मात्र निकाल्न सकिएको बताइन्छ। 

, , ,

news and entertainment