अन्तिम मिनेटमा रोकिएको फाँसी

काठमाण्डौ, ५ वैशाख । अदालतले फाँसीको सजाय सुनाएका एक व्यक्तिलाई फाँसी दिनुभन्दा एक मिनेट अघि माफी दिइएको छ । सुन्दा फिल्मी कथा जस्तै लाग्छ तर यो घटना इरानमा घटेको छ ।

 सन् २००७ मा सडक दंगामा भएको भिडन्तमा बलाल नाम गरेका एक व्यक्तिले अबदोहोलाहा होसेनजाडेह नाम गरेका अर्का व्यक्तिलाई १९ पटक छुरा हानी हत्या गरेका थिए ।

इरानी पत्रिका सार्गका अनुसार बलाललाई फाँसी दिन मंगलबार बिहान सबै तयारी गरिएको थियो । समिरा अलिनजाद पिडित कि आमा पनि फाँसी दिने ठाउँमा आएकी थिइन् । उनले भिडलाई सम्बोधन गर्दै भनिन्,‘कति गाह्रो हुन्छ एक्लो घरमा बस्न ।’



चार वर्ष अघि समिराका अर्का छोरा सडक दुर्घटनामा गुमाएकी थिइन् । पतिका साथ गएकी समिराले फाँसी दिन तयारीमा राखिएको बलाललाई एक झापड हानेकी थिइन् ।

झापड हानिसकेपछि समिरालाई उनका परिवारले सम्हालेका थिए । रोइ कराइ गरेका बलालको आवाज सुनिरहेकी समिराले एक्कासी फाँसी नदिन आग्रह गरेपछि त्यहाँ उपस्थित सबैको होस् उडेको थियो ।

उनले बलाललाई माफी दिएको र आफु पनि ठुलो तनावबाट मुक्त भएको प्रतिक्रिया दिएकी थिइन् ।

युएनले सार्वजनिक गरेको रिर्पोट अनुसार सन् २०१४ को सुरुसम्ममा इरानमा १७० जनालाई फाँसी दिइएको छ ।

, ,

news and entertainment