चुरोटका चालीस चोट..चुरोट खानु हुन्छ भने यो पढनुस !


१. विश्वमा चुरोट सेवन गर्नेहरूमध्ये आधाको अकालमै मृत्यु हुन्छ ।

२. ढाड दुख्नुको प्रमुख कारण चुरोट सेवन पनि हो ।

३. चुरोट सेवनले बुढोपन छिटो गराउँछ ।

४. अमेरिकामा प्रत्येक पाँच मिनेटमा एक जनाको चुरोट सेवनका कारण मृत्यु हुन्छ ।

५. चुरोट सेवन गर्ने मानिसमा छालाको समस्या हुन्छ । यिनीहरूको छाला पहेँलो, फुस्रो र खुम्चिएको हुन्छ । छालामा रगत नपुगेर यो तन्किने सम्भावना हुन्छ ।

६. चुरोट सेवनले शरीरमा भएको भिटामिन ‘सी’ ३० प्रतिशतले घटाउँछ ।

७. चुरोट सेवनले आन्द्रामा हानि गर्छ ।

८. निकोटिनले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

९. चुरोट सेवनले दाँत र गिजा बिगार्नुका साथै मुखको अल्सर हुन्छ ।

१०. चुरोट सेवन गर्नेहरूलाई डिमेन्सिया हुने सम्भावना दोब्बर हुन्छ ।

११. चुरोट सेवनले मोतिबिन्दु हुन सक्छ ।

१२. सुर्तीमा ६ हजारजति केमिकल हुन्छन्, जसमा साइनाइड, बुटेन र कार्वनमोनोअक्साइड जस्ता हानिकारक केमिकल नि हुन्छन् ।

१३. चुरोट सेवनले स्ट्रोक हुने सम्भावना ६ गुणा बढी हुन्छ ।

१४. गर्भावस्थाका बेला चुरोट सेवनले बर्सेनी पाँच हजार भ्रुणको मृत्यु हुन्छ । कम तौल र वौद्धिक विकस नभएका बच्चाहरूको पनि जन्म हुन्छ ।

१५. चुरोट सेवन गर्ने महिलामा महिनावारी छिटो रोकिने सम्भावना हुन्छ ।

१६. शरीरको सबै भागमा चुरोटले असर गर्छ, जसमा मुटु र भास्कुलर सिस्टम पनि पर्छ ।

१७. चुरोटले शरीरको रोगसँग लड्ने क्षमता पनि घटाउँछ ।

१८. चुरोटले मधुमेहको सम्भावना बढाउँछ ।

१९. चुरोट सेवनले व्यायम गर्ने क्षमतामा ह्रास ल्याउँछ ।

२०. चुरोट सेवनले निमोनिया हुने सम्भावना बढाउँछ ।

२१. चुरोट सेवन गर्ने ८७ प्रतिशत मानिसको मृत्यु फोक्सोको क्यान्सरका कारण हुन्छ ।

२२. चुरोट सेवनले महिलामा बाँझोपनको समस्या दोब्बर हुन्छ ।

२३. चुरोट सेवनले हड्डी कमजोर बनाउँछ ।

२४. चुरोट सेवनले आर्थिक भार थप्छ ।

२५. हेरोइन र रक्सीभन्दा पनि निकोटिनको लत कडा हुन्छ ।

२६. चुरोट सेवनले बढी तनाब र ‘डिप्रेसन’ हुने सम्भावना बढाउँछ ।

२७. शरीरमा भएको एन्टिअक्सिडेन्ट पनि चुरोट सेवनले घटाँउछ ।

२८. चुरोट सेवनले उच्च रक्तचाप हुन्छ । जसले गर्दा स्ट्रोक र हृदयघातको सम्भावना बढी हुन्छ ।

२९. चुरोट छोड्नाले दुईदेखि चार वर्षभित्र स्ट्रोक र हृदयघातको सम्भावना न्यून हुन्छ ।

३०. चुरोटले लिङ्गको नशा कडा हुन्छ, उत्तेजना पनि कम हुन्छ ।

३१. चुरोट सेवनले श्रवण श्क्तिमा असर गर्छ ।

३२. चुरोट सेवनले मुख गन्हाउने र गिजाको रोग लाग्छ । दाँत नि छिटो झर्न सक्छ ।

३३. बच्चालाई हुने क्यान्सरमा १५ प्रतिशत आमाले सेवन गरेको चुरोट नै मुख्य कारण हो ।

३४. चुरोट सेवनले कोरोनरी मुटु रोग हुन्छ ।

३५. चुरोट छोडेको १० वा १५ वर्षभित्र यसका कारण मृत्यु हुने सम्भावना पूरै घटेर जान्छ ।

३६. चुरोट सेवनले थकान र टाउको दुखाइ बढ्छ ।

३७. चुरोट सेवनले नै ८० प्रतिशत जति स्वासप्रस्वासको रोग हुन्छ ।

३८. चुरोट सेवनले तपाईंको सुँघ्न सक्ने र चाख्ने शक्ति पनि ह्रास भएर जान्छ ।

३९. चुरोट सेवनले मानिसको सातदेखि आठ वर्षजति आयु घटाउँछ ।

४०. बेलायतमा मात्र बर्सेनी एक लाख १४ हजार मनिसको मृत्यु चुरोट सेवनका कारण हुन्छ ।

, , ,

news and entertainment