करीनाको कुल सम्पति ७५ करोड भारु

चलचित्र क्षेत्रमा लागेका बलिउड कलाकारहरुको कमाई सगै उनीहरुको जिवनस्तर पनि निकै महंगो नै छ । आफुहरुको कमाईभन्दा पनि बढि मात्रामा खर्च गर्ने कलाकार बलिउड क्षेत्रका व्यक्तिहरु नै धेरै भेटिन्छन् । आफुहरुको माग भइरहोस भन्ने मनसायले उनीहरु आफनो सिंगार देखी लुगाफाटाहरुमा निकै खर्च गर्ने गर्दछन बलिउड कलाकारहरु । त्यसो त बलिउड नायिकाहरु अझ आफनो सिंगार देखी लुगा फाटामा निकै बढि खर्च गर्ने गरेका हुन्छन् । कमाई भन्दा पनि बढि बलिउड नायिकाको खर्च सिंगारमा हुने गरेको बताइन्छ । उनीहरु आफु सुन्दर बन्नका लागी करोडै रुपैया खर्च गर्ने गरेका छन् । नेपाली नायिकाहरुले जिवनभर कमाउने रकम बलिउड नायिकाहरुले एक पटक सिंगार गरे मात्र पनि खर्च हुन्छ । यसरी करोडै रुपैया आफनो सिंगार देखी विलासी जिवन विताउन खर्च गर्ने नायिकाहरु बलिउड क्षेत्रमा धेरै छन् । त्यस्तै एकताका बलिउड क्षेत्रमा निकै चर्चाकी नायिका  मध्येकी एक करीना कपूर पछिल्लो समयमा खासै चर्चामा छैनिन्, किनकी उनका फिल्महरु रिलिज भएका छैनन् । तर सैफ अलि खान सँगको बिहेपछि गुमनाम जस्तै हुन पुगेकी करीना आफ्नो राजर्षी ढाँटबाँटका कारण भने चर्चामा छिन् । समाचार अनुसार करीना कपूर भारतका धनी सेलिब्रेटी मध्यकी एक पर्छिन् । उनको आफ्नो सम्पत्ति मात्र ७५ करोड भारु छ । सैफ अलि खानको सम्पत्ति पनि जोड्ने हो भने करीना भारतकी निकै धनी नायिका पर्छिन् । करीनाको जिवनशैली बलिउडका अरु अभिनेत्रीको भन्दा बढि विलासितापूर्ण छ । उनको सिंगारमा मात्र मासिक १ करोड सम्म खर्च हुने गरेको स्रोतको भनाई छ ।  उनले निकै महंगा वस्त्र तथा रत्न पहिरिने गर्छिन् । विदेशी नामूद ब्राण्डका कपडा लगाउनु उनको शोख हो । विवाह अघि पनि शाही ठाँटबाँटको आनन्द लिएकी करीना सैफ सँगको बिहेपछि पनि उनले ति कुराहरुलाई छाड्नु परेको छैन् । समाचार अनुसार करीनालाई महंगा गाडीको पनि खुबै शोख छ । उनी हाल एसयुबी, लेक्सस तथा मर्सिडिज एस क्लासका गाडी चढ्छिन् । उनलाई सुन भन्दा हिरा मन पर्छ र हिराकै गहना बढि लगाउँछिन् । करीना बलिउडकी सबैभन्दा महंगी अभिनेत्री पनि हुन् ।

, ,

news and entertainment