मलाई महिला भएकै कारणले हेपियो’ : शुभेच्छा थापा

subeksya-thapa
आफूलाई सिने जोन स्टुडियोले बारम्बार दु:ख दिएको भन्दै निर्मात्री शुभेच्छा थापाले गुनासो व्यक्त गरेकी छिन् । चलचित्रको सम्पूर्ण पोष्ट प्रोडक्शनको जिम्मा दिएको स्टूडियोले नै सबै रकम नदिएसम्म चलचित्र ‘मिस नेपाल’को कुनै पनि सामाग्री नदिने भन्दै दु:ख दिएको शुभेच्छाको तर्क छ ।
यसअघि ‘मिस नेपाल’ नामक सौन्दर्य प्रतियोगिताको आयोजक संस्था हिडन ट्रेजरका कारण शुभेच्छा चर्को तनावमा थिइन् । तर यसबाट मुक्त भएको केही समयमा नै उनले एक स्टूडियोले दु:ख दिएको बताएकी छिन् ।
शुभेच्छाले अनलाइनखबरसँग भनिन्, ‘मैले २ लाख ७५ हजारमा पोष्ट प्रोडक्शनको जिम्मा दिएको थिए । तर अब जम्मा ५० हजार तिर्न बाँकी छ । मैले सिनेमा निकाल्नु अघि सबै रकम दिन्छु भनेकै छु । तर प्रोमो र गीत लैजानु अघि नै बाँकी रकम चुक्ता गर्न भन्छन् । यो म महिला भएकाले नै हेपिएको हो । अरुको फिल्मलाई यस्तो गरेका छैनन् ।’
उनले सिनेमा चल्नु अघि आफ्नो प्रोमो, गीतको काम बाँकी नै रहेको भन्दै सबै रकम चुक्ता गरेपछि आफूले बाहिर लगेर काम गर्नु पर्ने अवस्था आउने बताइन् । ‘कुनै पनि स्टूडियोमा यस्तो नियम हुँदैन, मलाई मात्र अनावश्यक दुख दिइरहेका छन्’, ‘मिस नेपाल’ हिरोइनले भनिन् । उनले सिने जोनकै कारण आफ्नो २ वटा च्यारेटी शो रोकिएको भन्दै यसको क्षतीपुर्ती कसले भर्छ भन्दै प्रश्न गरिन् ।
जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस नेपाल’ले एक यूवतीको मिस नेपाल बन्न चाहने सपनालाई देखाउन खोजेको छ ।

, ,

news and entertainment