गर्भवती प्रेमिकालाई कारमा राखेर आत्मघाती बिष्फोट

२०७१ वैशाख १४
चीनमा एक युवकले गर्भवती प्रेमिकालाई कारमा राखेर आत्मघाती ग्यास बिष्फोट गराएका छन् ।
गोन्डोङ प्रान्तका ३६ वर्षका ली म्युलिआन २१ वर्षीया प्रेमिका जू फनलाई अपहरण गरेर कारमा राखेका थिए । प्रहरीले जूको उद्दार गर्न खोज्दा म्युलिआनले कारमा राखेको ग्यास ट्यांक विस्फोट गराएका थिए । म्युलिआनसँग ६ महिनादेखि प्रेममा रहेका लूको भूलवस गर्भ बसेको थियो र उनीहरुसँगै बस्न माजुआङ न्यू भिलेजमा सर्ने योजनामा थिए ।
बाबु बन्नेभएपछि म्युलिआन निकै तनावमा थिए । तर, उनले ओछ्यानमा सुतिरहेकी लूलाई मार्छु भन्दै अपरणको शैलीमा उठाएर कारमा राखे र शहर घुमाए ।
छिमेकीले म्युलिआनले केही नराम्रो गर्न लागेको संकेत पाएपछि प्रहरीलाई खबर गरे ।
प्रहरीले कारलाई रोकेर युवतीलाई निकाल्न त सफल भए । तर, युवकले कारमा रहेको ग्यास ट्यांक विस्फोट गराएका कारण उनको शरीरमा आगो लाग्यो । दुबैलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको छ ।
अहिले उनीहरु दुवैजना अस्पतालको वल्लोपल्लो विस्तारामा मृत्युसँग संर्घष गरिरहेका छन् । बिष्फोटबाट प्रेमीका भन्दा प्रेमी निकै गम्भीर घाइते छन् । चिकित्सकहरुले उनीहरुलाई बचाउन कोसिस त गरिरहेका छन तर यसै भन्न सकिने अबस्था भने छैन् ।

, , ,

news and entertainment